close

प्रतिस्पर्धी कम्पनी ग्लान्सलाई भारतीय बजारको व्यवसाय बेच्दै टिकटक

टेकपाना टेकपाना

फागुन २, २०७७ १८:०

प्रतिस्पर्धी कम्पनी ग्लान्सलाई भारतीय बजारको व्यवसाय बेच्दै टिकटक

काठमाडौं । गत वर्षदेखि भारतमा चर्चित एप टिकटक प्रतिबन्ध छ । व्यवसाय र प्रयाेगकर्ताका हिसाबले प्रमुख बजारको रुपमा रहेको भारतमा याे प्रतिबन्धले टिकटकले ठूलो असर भाेगिरहेकाे छ ।

यसैलाई मध्यनजर गर्दै टिकटककाे अभिभावक कम्पनी बाइटड्यान्सले भारतीय बजारमा रहेकाे उसकाे व्यवसाय अर्को प्रतिस्पर्धी कम्पनी ग्लान्सलाई बिक्री गर्ने तयारी गरिरहेको छ ।

ग्लान्सको रोपोस पनि टिकटक जस्तै शर्ट भिडियो प्लेटफर्म हो । भारतमा टिकटकमाथि प्रतिबन्ध भएसँगै भारतमा यस्ता धेरै कम्पनी निस्किएका छन् । यसैबीच आएको रोपोस पनि एक हो ।

यसका लागि जापानको सफ्टब्यांक समूह कर्पोरेशनले भूमिका खेलिरहेको जनाइएको छ । यसका कारण सफ्टब्यांकको टिकटक र ग्लान्स दुवैसँग जोडिएको छ । प्राप्त जानकारी अनुसार सफ्टब्यांकको शेयर लगानी ग्लान्सको प्यारेन्ट कम्पनी इनमोबी र टिकटकको प्यारेन्ट कम्पनी बाइन्ड्यान्स दुवैमा रहेको छ ।

दुवैमा शेयर स्वामित्व भएकाले सफ्टब्यांकले यस्तो पहल गरेको बुझिएको छ । यदि यो सम्झौता भएको खण्डमा भारतीय अधिकारीद्वारा यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।

टिकटकको भारतीय प्रयोगकर्ताको डेटा भारतभित्र रहने गरी सम्झौता हुने भएकाले भारतले सो सम्झौतालाई स्वीकृति दिनसक्ने बताइएको छ ।

तर, अर्कोतर्फ टेक्नोलोजी कम्पनीहरुको हकमा चीनको नयाँ नियमले टिकटकको बिक्रीका लागि चीनको अधिकारीको समेत स्वीकृति लिनु पर्ने हुन्छ । यस्तोमा चीनतर्फ नै यो सम्झौताको विषय जटिल हुनसक्ने पनि आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३