close

गुगल म्यापको विकल्पमा आफ्नै म्याप बनाउँदै भारत

टेकपाना टेकपाना

फागुन २, २०७७ १७:७

गुगल म्यापको विकल्पमा आफ्नै म्याप बनाउँदै भारत

काठमाडौं । भारतले गुगल म्यापको विकल्पका रुपमा छुट्टै म्याप बनाउने भएको छ । त्यसका लागि भारतको स्पेस एजेन्सीले ‘म्यापमाई इन्डिया’ सँग सहकार्य गरेको छ । म्यापमाई इन्डिया भारतको डिजिटल म्याप डेटामा काम गर्दै आएको टेक कम्पनी हो ।

भारतले ट्वीटर र ह्वाट्सएपको विकल्पको रुपमा अर्को एप जारी गरेसँगै गुगल म्यापको पनि विकल्प निमार्ण गर्ने तयारी भएको उल्लेख गरिएको छ । यो प्राेजेक्टको विषयमा इन्डिया स्पेस रिसर्चर संस्था र म्यापमाई इन्डियाले शुक्रबार जानकारी गराएका हुन् ।

उनीहरुले यो सेवा कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् । तर, प्राेजेक्टको विषयमा इन्डिया स्पेस रिसर्चर संस्था र म्यापमाई इन्डियाको सहकार्यले भारतको म्यापिङ सिस्टमलाई उल्लेख्य योगदान पुर्‍याउने बताइएको छ ।

यसले हाल उपलब्ध म्यापको तुलनामा अझ धेरै राम्रो र धेरै जानकारी पूर्ण हुने उल्लेख छ । भने, यसले प्रयोगकर्ताको गोपनीयता सँधै सुरक्षित राख्नुका साथै देशको आफ्नै म्यापिङ साेलुसन प्रदान गर्न सक्षम हुने इन्डिया स्पेस रिसर्चर संस्थाका सीईओ रोहन बर्माले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३