close

भारतको ब्याङलोरमा कारखाना खोल्दै विद्युतीय कार निर्माता कम्पनी टेस्ला

टेकपाना टेकपाना

फागुन २, २०७७ २१:४८

भारतको ब्याङलोरमा कारखाना खोल्दै विद्युतीय कार निर्माता कम्पनी टेस्ला

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले अब भारतमा समेत आफ्ना गाडीहरु निर्माण गर्ने भएको छ । कम्पनीले भारतको ब्याङ्लोरमा कार उत्पादनका लागि कारखाना खोल्ने भएको हो ।

ब्याङलोरका मुख्य मन्त्री बीएस यदियुरप्पाले यसको जानकारी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनका अनुसार ब्याङलोरको टुमकुर जिल्लामा औद्योगिक करिडोर बनाइनेछ ।

जसको लागत करिब ७७ अर्ब २५ करोड भारतीय रुपैयाँ लाग्ने बताइएको छ । यसको माध्यमबाट करिब दुई लाख ८० हजार नयाँ रोजगारी सिर्जना हुनेछ ।

अमेरिकी कम्पनी टेस्ला यसै जनवरीमा भारतमा प्रवेश गरेको हो । कम्पनीले भारतमा टेस्ला इन्डिया मोटर्स एण्ड इनर्जी प्राली नामक कम्पनी दर्ता गराएको छ ।

गत साल टेस्लाका सीईओ एलन मस्कले ट्वीटरमार्फत भारतमा सन् २०२१ मा कम्पनीको इन्ट्री हुने योजनाको खुलासा गरेका थिए । कम्पनीले भारतमा मोडल थ्री सेडान कारका साथ आफ्नो उत्पादन थाल्ने बताइएको छ । जसको मूल्य करिब ६० लाख भारु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३