काठमाडाैं । सिद्धार्थ बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्धार्थ ‘जेन-जेड’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । यो बचत खाता सन् १९९५ र सोभन्दा पछि जन्मेका ग्राहकले शुन्य मौज्दातमै खोल्न सक्नेछन् ।
यो खाता नाबालकको हकमा पनि खोल्न सकिने बैंकले जनाएकाे छ । उसले दिएकाे जानकारी अनुसार अनलाइनबाट समेत खाेल्न सकिने याे खातामा आकर्षक ब्याजदर, बीमा र अन्य सेवा उपलब्ध छ ।
यो खातामा ५ लाखसम्मको पूर्ण शारीरिकअशक्तता/दुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने छ। बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकको खातामा न्यूनतम मौज्दात १० हजार हुनुपर्नेछ।
यस बचत खातामा ग्राहकले पहिलो २ वर्षका लागि निःशुल्क डेबिट कार्ड, इन्टरनेट मोबाइल बैंकिङ, डिम्याट/मेरो सेयर/सिआस्बाको सुविधा पाउने छन्।
त्यस्तै खाता खाेलेकाे पहिलो १ वर्षका लागि क्रेडिट कार्ड पनि पाउने बैंकले जनाएको छ। एसएमएस अलर्ट, बैंक स्मार्टमा आईपिओ/एफपिओ/हकप्रद सेयर/म्युचल फन्ड अलर्ट, भाइबर बैंकिङ्ग, एबिबिएस, खाताको स्टेटमेन्ट, ई-कमर्स कारोबार (नेपालभित्रको लागि मात्र), कनेक्ट आईपीएस दर्ताको सुविधा रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट र सिद्धार्थ बैंकस्मार्ट एप मार्फत पहिलो रिचार्ज गर्दा ५ प्रतिशतसम्म छुटको सुविधा रहेको छ।