close

एलन मस्कको स्टारलिङ्कले अब फोन नेटवर्क र सस्तो इन्टरनेट प्रदान गर्ने

टेकपाना टेकपाना

फागुन ५, २०७७ ८:२२

एलन मस्कको स्टारलिङ्कले अब फोन नेटवर्क र सस्तो इन्टरनेट प्रदान गर्ने

काठमाडौं । एलन मस्कको स्टारलिङ्क स्पेस इन्टरनेटले अब आफूलाई डेडिकेटेड फोन सेवाको रुपमा विस्तार गर्दै न्यून आय भएकाहरुका लागि सस्तो इन्टरनेट सेवा प्रदान गर्नेछ । 

संघीय सञ्चार आयोग (एफसीसी) मा पेश गरिएको एक फाइल अनुसार स्पेसएक्सले अब चाँडै भ्वाइस ओभर इन्टरनेट प्रोटोकल अर्थात् भीओआईपी सेवा पनि प्रदान गर्नेछ ।

स्पेसएक्सको यो सेवा अन्तर्गत स्थानीय सेवाको प्रयोग, आपतकालीन सेवामा पहुँच र न्यून आय भएका उपभोक्ताका लागि टोल लिमिटेसन सेवा पर्दछन् । 

भ्वाइस सेवाको दर स्याण्डअलोन बेसिसमा हुनेछ । स्टारलिङ्कको नेटवर्कमा स्ट्याण्डअलोन भ्वाइस सेवा सफलतापूर्वक परीक्षण भइसकेको छ । 

स्पेस एक्सले पनि स्टारलिङ्कको सेवाप्रदत्त क्षेत्रमा भ्वाइस रेट प्लान प्रदान गर्ने, जसमा नि:शुल्क स्थानीय कलिङ पनि समावेश गरिने बताएको छ । एफसीसीको सम्पूर्ण युसेज रिक्वायरमेन्टलाई न्यूनतम पूरा गरेको समेत उसले बताएको छ । 

साथै स्टारलिङ्कको सेवा अब आपत्कालीन अवस्थामा बिना बाह्य शक्ति स्रोत आफै सञ्चालन हुनसक्ने स्पेसएक्सले बताएको छ ।

साथै यसले क्षतिग्रस्त फेसिलिटीहरुमा ट्राफिकलाई रिराउट गर्न सक्ने र आपतकालीन अवस्थाबाट उत्पन्न भएका ट्राफिक स्पाइकहरुलाई व्यवस्थापन समेत गर्न सक्ने बताएको छ । 

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३