close

प्राइम लाइफको सम्पूर्ण भुक्तानी अब सोझै लाभग्राहीको खातामा

टेकपाना टेकपाना

फागुन ७, २०७७ १५:०

प्राइम लाइफको सम्पूर्ण भुक्तानी अब सोझै लाभग्राहीको खातामा

काठमाडौं । प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आजदेखि आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ ।

यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आईपीए तथा कनेक्ट आईपीएस प्रणालीमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल टाइम तथा नन रियल टाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाइफ पहिलोे इन्स्योरेन्स कम्पनी भएको छ ।

हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ । यस व्यवस्थाको सुरुवातसँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ

प्राइम लाईफसँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्ट आईपएस् ई-पेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् ।

एनपीआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी एवं पीएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिट्यान्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१