close

यो इमोजी प्रयोग गर्नुहुन्छ ? नयाँ पुस्ताले तपाईंलाई बुढो भन्नेछ

टेकपाना टेकपाना

फागुन ९, २०७७ ७:२४

यो इमोजी प्रयोग गर्नुहुन्छ ? नयाँ पुस्ताले तपाईंलाई बुढो भन्नेछ

काठमाडौं । तपाईं पनि आफ्नो च्याटमा इमोजीको प्रयोग राम्रै गर्नुहुन्छ होला । ‘फेस विथ टियर्स अफ जोय’ ? तथा लाउडी क्राइङ फेस’ ?इमोजी धेरै प्रयोग हुनेमा पर्छन् ।

टियर्स अफ जोय इमोजी धेरै प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि दुःखको खबर छ । अफसोच नै भन्नुपर्छ यी इमोजी अब आउट डेटेड भइसकेका छन् ।

यस्ता कयौं इमोजी, जसलाई तपाईं चल्तिमा रहेको ठान्नुहुन्छ, ती वास्तवमै पुराना भइसकेका छन् । नयाँ पुस्ता यी इमोजीलाई आफ्नो च्याटमा पटक्कै प्रयोग गर्न चाहँदैनन् । सीएनएनको रिपोर्ट अनुसार जेन जेड (२३ वर्षभन्दा कम उमेर समूहका) ले यी इमोजीलाई आउट डेटेड ठान्छन् ।

उदाहरणको लागि लोकप्रिय इमोजी फेस विथ टियर्स अफ जोयलाई नै लिनुहोस् । सायद केही घण्टा अघि मात्र तपाईंले आफ्नो च्याटमा यो इमोजी प्रयोग गर्नुभएको हुनसक्छ ।

२१ वर्षीय वालिद मोहम्मदको भनाईमा उनका घरका ठूला बडा सबैले आफ्नो च्याटमा यो इमोजी प्रयोग गर्दछन् । जसले गर्दा आफूले उक्त इमोजी प्रयोग गर्न नचाहेको उनी बताउँछन् ।

यसको सार के भने नयाँ पुस्ताले त्यस्ता इमोजी प्रयोग गर्नेहरुलाई पुरानो पुस्ताका मानिसको रुपमा लिन्छन् । ‘हाँस्दै गरेको इमोजीमा त्यस्तो नराम्रो के छ ?,’ एक जना प्रयोगकर्ता टिकटकमा प्रश्न गर्छन् ।

जेन जेडका युवा तथा किशोर किशोरीहरु ‘इट्स सो अफ’ भन्छन् । नयाँ पुस्ताका बालबालिकाहरु तपाईं हामीले लोकप्रिय ठानेका इमोजी प्रयोग गर्दैनन् ।

लाउडी क्राइङ फेस अर्थात हाँस्दा हाँस्दा आँसु निस्किएको देखिने यो इमोजीलाई जेन जेड प्रयोग नै गर्दैनन् भन्दा हुन्छ । तपाईंलाई यो ? खप्पर देख्दा मनमा लागेको हुनसक्छ, यस्तो इमोजी कसले प्रयोग गर्ला ?

तपाईं चकित पर्न सक्नुहुन्छ, यो नयाँ पुस्तामाझ निकै लोकप्रिय इमोजी हो । नयाँ पुस्ताले आफ्नो च्याटमा हाँसो ठाट्टाका लागि यो इमोजी प्रयोग गरिरहेका हुन्छन् ।

यसको मतलव हो ‘आई एम डेड’ (म मरेँ) । फेस विथ टियर्स अफ जोय ईमोजीको साटो बरु उनीहरु लाउडी क्राइङ फेस इमोजीलाई विकल्पको रुपमा प्रयोग गर्न रुचाउँछन् ।

अथवा केवल एलओएल (लाफिङ आउट लाउड) वा एलएमएओ (लाफिङ माइ, वेल, यू प्रोब्याब्ली नो द रेस्ट) प्रयोग गर्छन् । फेस विथ टियर्स अफ जोय इमोजीलाई नयाँ पुस्ताले चरम भावुकता व्यक्त गर्ने र नाटक गरेजस्तो ठान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१