close

नेप्सेलाई पछि पार्दै सर्वोच्च अदालत टप ट्रेण्डिङमा

टेकपाना टेकपाना

फागुन १२, २०७७ १०:५३

नेप्सेलाई पछि पार्दै सर्वोच्च अदालत टप ट्रेण्डिङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिगठनको निर्णयलाई आज सर्वोच्च अदालतले बदर गर्दै ऐतिहासिक फैसला सुनाएको छ । अहिले सामाजिक सञ्जाल तथा शहरका गल्ली गल्लीमा संसद पुर्नस्थापनाकै विषयले चर्चा पाइरहेको छ । 

यसबीच केही दिनदेखि सरगर्मीको विषय बनेको नेप्सेको ट्रेण्डिङलाई पछि पार्दै ट्वीटरमा सर्वोच्च अदालत एकाएक टप ट्रेण्डिङमा आएको छ । संसद पुनर्स्थापनाको एक २४ घण्टा नबित्दै हालसम्म यस विषयलाई लिएर ट्वीटरमा १ लाख २२ हजार भन्दा धेरै ट्वीटहरु भइसकेका छन् । 

त्यस्तै प्रतिनिधिसभालाई लिएर एक लाख २० हजारभन्दा बढी ट्वीट भएका छन् । संसद मात्र होइन, त्यससँगै सर्वोच्च अदालत, राजनीति र प्रचण्ड समेत ट्वीटरको ट्रेन्डिङमा छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१