close

डेटा र बिजनेशलाई जोड्न शनिबार कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

फागुन १२, २०७७ १६:३८

डेटा र बिजनेशलाई जोड्न शनिबार कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । डेटा र बिजनेशकाे विषयलाई जोड्न ‘वुमन इन बिग डेटा’ नेपाल च्याप्टरले आउँदो शनिबार वेबिनार आयोजना गर्ने भएको छ ।

‘कनेक्टिङ द डट्स बिट्विन डेटा एण्ड बिजनेश’ विषयमा हुने उक्त वेबिनारमा नेपालमा सञ्चालित डेटा ड्रिभन व्यवसायहरुको अवस्थाबारे छलफल हुनेछ । 

कार्यक्रम २७ फेब्रुअरी शनिबार दिउँसो २ देखि ४ बजेसम्म भर्चुअल माध्यम जुममार्फत हुनेछ ।कार्यक्रममा वक्ताका रुपमा एफवान सफ्ट कम्पनीको अन्तर्गतको कम्पनी एक्सटेन्सो डेटाका प्रडक्ट ओनर तथा वरिष्ठ बिजनेस एनालिस्ट ऋषिकेश नेपाल रहने छन् । 

बिग डेटा प्रविधि र यसका अवसरहरुको उपयोग गरेर भइरहेको व्यवसायिक उद्योगहरुको वृद्धि विकासलाई कार्यक्रमले थप जोड दिनेछ ।

साथै कार्यक्रममा व्यवसायिक उद्योगहरुले कसरी बिग डेटाको प्रयोग गरिरहेका छन र उनीहरुले कस्तो चुनौतीको सामना गरिरहेका छन् भन्ने विषयमा पनि अनुभव र ज्ञान आदानप्रदान गरिने बताइएको छ । 

यसबाहेक बिग डेटा एनालिटिक्सको क्षेत्रमा देखिएका प्रवृत्ति तथा अवसरहरुका बारेमा समेत कार्यक्रममा छलफल हुनेछ । 

याे कार्यक्रममा सहभागी हुन इच्छुकहरुले यस लिङ्कमा गएर दर्ता गर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१