close

अन्तरिक्षमा अंगुर उमार्दै वैज्ञानिक

टेकपाना टेकपाना

फागुन १३, २०७७ ८:२४

अन्तरिक्षमा अंगुर उमार्दै वैज्ञानिक

काठमाडौं । पछिल्लो केही वर्षदेखि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा खाद्यन्न उत्पादन वैज्ञानिक अनुसन्धानको एउटा महत्वपूर्ण विषय बन्दै आइरहेको छ । यसबीच नासाको तरकारी उत्पादन प्रणालीमा चिनियाँ बन्दागोभी र रेड रसियन केल सफलतापूर्वक उत्पादन भइसकेका छन् ।

करिब एउटा स्यूटकेसनको आकारको सानो अन्तरिक्ष बगैँचा हो, नासाको तरकारी उत्पादन प्रणाली । जसमा करिब ६ वटा पोषक तत्वका विरुवाहरु उमारिएका छन् । साथै त्यहाँको मिनि ल्याबमा ताजा मुला पनि फलाइएको छ ।

नासाले गर्दै आएका यी सबै किसिमका उत्पादनमाथिका प्रयोगहरु आगामी दशकसम्ममा नासाको गहिरो अन्तरिक्ष मिसनमा जाने अन्तरिक्ष यात्रीहरुलाई खुवाउनका लागि गरिएको हो ।

तर पछिल्लो पटक फ्रान्सको एउटा स्टार्टअप कम्पनी स्पेस कार्गो अनलिमिटेडले खाद्यसम्बन्धी नै आईएसएसमा पृथक प्रयोग गरेको छ । उसको उद्देश्य अन्तरिक्ष मिसनमा जाने यात्रुहरुभन्दा पनि समग्र पृथ्वीमा बसोबास गर्ने मानव जातीलाई खुवाउनमा केन्द्रित छ ।

सुन्दा अचम्मै लाग्न सक्छ । कतिले यसलाई पीआर स्टन्टको नाम पनि दिएका छन् । तर उक्त फ्रान्सेली स्टार्टाअपको काम निकै नै रोचक र व्यवहारिक छ ।

वास्तवमा यो कम्पनीले अहिले अंगुर उमार्न चाहिरहेको छ । पृथ्वीमा मौसम परिवर्तनका कारण अंगुरको विरुवा कमजोर भएको अवस्थालाई मध्यनजर गर्दै उक्त कम्पनी आइएसएसमा अंगुर फलाउन चाहन्छ ।

उसको उद्देश्य भनेको अहिलेका लागि अंगुर (भविष्यमा अन्य अन्न पनि) लाई आइएसएसको माइक्रोग्राभिटी र उच्च तहको रेडियसन भएको प्रतिकूल क्षेत्रमा लगेर उमार्ने रहेको छ ।

ताकि त्यहाँ अंगुरको उक्त नस्ल उद्विकास भएर आफूभित्र प्रतिकूलताको प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्न सकुन् । र भविष्यमा मौसम परिवर्तनका कारण पृथ्वीमा देखापर्ने सबै किसिमको प्रतिकूल वातावरण तथा भूगोलमा पनि यी अंगुरहरु बचेर राम्रो उत्पादन गर्न सकुन् भन्ने कम्पनीको उदेश्य छ ।

जर्मनीस्थित इर्लाङ्गेन नुरेमवरग विश्वविद्यालयका शीर्ष बायोलोजिस्ट माइकल लिबर्टका अनुसार पृथ्वीमा विरुवाहरु तापक्रम, रसायन र खडेरीबाट एकदमै छिटो प्रभावित हुन्छन् । यदि अन्तरिक्षको प्रतिकूल वातवारणमा उमारियो भने त्यहाँको कम गुरुत्वाकर्षणमा विरुवाहरुले एडप्ट हुने रचनात्मक तरिका आफै खोजी गर्ने छन् ।

विरुवाहरुलाई बाँच्न जति कठिन हुन्छ उनीहरु त्यतिकै गतिमा उद्विकसित हुन्छन् । विरुवाहरु अन्तरिक्षमा बाँच्ने गरी क्षमता विकास त गर्न सक्दैनन्, तर यसै प्रयासमा पृथ्वीको प्रतिकूलभन्दा प्रतिकूल अवस्थालाई थेग्ने क्षमता उनीहरुमा सृजना हुन्छ ।

गत जनवरी १३ मा अन्तरिक्षमा तयार गरिएका तिनै विरुवाहरुको स्टिम सेलस तथा कोशिका अनि माटोभित्र राखिएका केही विरुवाहरुलाई लिएर स्पेस एक्सको कार्गो ड्रागन स्पेस क्राफ्टले अट्लान्टिक महासागरमा अवतरण गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१