close

महिलाका लागि गुगलले ल्यायो ३ अर्बको इम्प्याक्ट च्यालेञ्ज

टेकपाना टेकपाना

फागुन २४, २०७७ १७:४७

महिलाका लागि गुगलले ल्यायो ३ अर्बको इम्प्याक्ट च्यालेञ्ज

काठमाडौं । विश्वभर आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । हरेकले भिन्न तरिकाबाट महिलाहरुको भूमिका तथा योगदानको सराहना गरिरहेका छन् ।

आजको समयमा महिलाहरु हरेक क्षेत्रमा आफ्नो कदम अगाडि सारिरहेका छन् । यस्तो कुनै क्षेत्र वा काम छैन, जसमा महिलाहरुले आफ्नो पाइला गाडेका नहुन् ।

त्यसैले त विश्व महिलाहरुको योगदानको सराहना गर्न अग्रसर छ । महिला दिवसको अवसरमा हरेक महिलाप्रति सम्मान प्रकट व्यक्त गरिन्छ ।

यस्तोमा प्रविधिको दिग्गज कम्पनी गुगलले समेत महिला दिवसको अवसरमा महिला तथा बालिकाहरुका लागि एउटा ठूलो घोषणा गरेको छ । गुगलका सीईओ सुन्दर पिचाईले भनेका छन्, ‘आज हामी महिला तथा छोरी चेलिहरुका लागि गुगल डट ओआरजी ग्लोबल इम्प्याक्ट च्यालेञ्ज सुरु गर्दै छौं ।’

गुगलका सीईओ पिचाईले अगाडि भनेका छन्, ‘आज हामी महिला तथा छोरी चेलीहरुका लागि विश्वव्यापी रुपमा एउटा गुगल इम्प्याक्ट च्यालेञ्ज सुरु गरिरहेका छौं । हामी गैरनाफामूलक तथा सामाजिक उद्यमीहरुलाई २५ मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्नेछौं । जसले महिलाहरुलाई व्यवस्थित अवरोध, आर्थिक समानता र अन्य विषयमा सहयोगका लागि महत्वपूर्ण कार्यहरु गर्नेछ ।’

महिला दिवसको अवसरमा गुगलले महिलाहरुप्रति सम्मान प्रकट गर्दै विशेष किसिमको डुडल समेत बनाएको छ । यो डुडलमा एउटा एनिमेटेड भिडियो बनाएर शेयर गरिएको छ ।

जसको माध्यमबाट आज महिलाहरु हरेक क्षेत्रमा अगाडि छन् भन्ने सन्देश दिइएको छ । सगरमाथाको शिखर चुम्नेदेखि महिलाहरु देशको नेतृत्व समेत गरिरहेका छन् ।

यस बाहेक इन्जिनियर, वैज्ञानिक, डाक्टर, लेखक समेत गरी हरेक क्षेत्रमा महिलाहरुले उपलब्धिको माध्यमबाट आफ्नो ससक्तता प्रस्तुत गरेका छन् । त्यसैले त आज महिलाहरु हरेक पेशाको क्षेत्रमा अगाडि छन् ।

डुडलको केही सेकेन्ड लामो एनिमेटेड भिडियोमा महिलाहरुको उपलब्धिलाई निकै विशेष प्रकारले दर्शाउने कोसिस गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१