काठमाडौं । श्रृंगार गर्ने समयमा महिलाहरुलाई रङ्गको छनौट गर्ने कुराले सधैं समस्या हुन्छ । तर जापानको एउटा कम्पनीले सार्वजनिक गरेको नयाँ एपले एआईको प्रयोग गरेर पर्फेक्ट मेकअप म्याचिङ आइडिया प्रदान गरिरहेको छ ।
त्यो हो, जापानिज अनलाइन फेसन रिटेलर जोजोले बजारमा ल्याएको जोजो ग्लास । जोजो ग्लास अर्थात् चस्माको फ्रेम वरिपरी धेरैवटा रङ्गिबिरङ्गी कलर अप्सनहरु डिजाइन गरिएका छन् ।
जब तपाईं त्यो चस्मालाई आखाँमा राखेर जोजोको स्मार्टफोन एप प्रयोग गर्नुहुन्छ, तब एपले तपाईंलाई तपाईंको स्किन टोनसँग उपयुक्त हुने फाउण्डेसन कलर देखाउँछ ।
यति भइसकेपछि तपाईं श्रृंगारका लागि कुनै पार्लर धाउनु पर्नेछैन । यो एप प्रयोग गर्न सबैभन्दा पहिले आखाँमा जोजोको चस्मा लगाएर स्मार्टफोनको क्यामेराबाट चस्माको फ्रेममा भएका सबै रंगहरुलाई परीक्षण गर्नुपर्ने हुन्छ ।
जब तपाईं एपमा हेर्नुहुन्छ, तब ती प्रत्येक रङ्गलाई वातवारणले कसरी प्रभाव पारिरहेको छ भन्ने कुरा देखिन्छ । अब क्यामेराले तपाईंको कपाल, छाला र आखाँको रंगलाई स्क्यान गरेर त्यससँग मिल्ने रंगको अङ्कगणित निकाल्न थाल्छ ।
यसले तपाईंको छालाका लागि सुहाउने उपयुक्त फाउण्डेसन सेड्सहरुको अप्सन प्रदान गर्दछ । साथै यसले तपाईंको छालामा रहेको हेमोग्लोबिन र मेलानिनको प्रतिशतलाई पनि डिटेक्ट गर्दछ । र अन्त्यमा तपाईंको स्किन टोनलाई सुहाउने कपडाको रंग पनि बताउँछ ।
जोजोका सीओओ मासाहिरो इट्टो कम्पनीले कलर करेक्टेड एआई मेकअपलाई पनि एपमा इनेबल गर्न लागेको बताएका छन् । आखाँबाट चस्मा हटाएर प्रयोगकर्ताहरुले एपमै आफ्नो अनुहारमा भर्चुअल मेकअप गरेर आफू कस्तो देखिन्छु भन्ने कुरा थाहा पाउन सक्छन् ।