close

गुगल ड्राइभमा ब्याकअप सामग्री एक्सेस गर्न पासवर्ड प्रोटेक्सन फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

फागुन २६, २०७७ १५:४९

गुगल ड्राइभमा ब्याकअप सामग्री एक्सेस गर्न पासवर्ड प्रोटेक्सन फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएप तथा म्यासेन्जरका च्याटहरु ब्याकअप गर्ने विधि सुरक्षित छैन । तर तपाईंको लिङ्क गुगल ड्राइभमा त्यस्ता म्यासेजहरु स्टोर भएर बस्ने हुँदा एन्ड्रोइडका जुनसुकै डिभाइसमा स्विच गरेर पुरानो च्याट हेर्न तपाईंलाई सुविधा मिलेको छ । 

तर पछिल्लो समय ह्वाट्सएप क्लाउड ब्याकअप इन्क्रिप्सनमा काम गरिरहेको छ । यसले गर्दा ह्वाट्सएपका च्याट डेटाबेस तथा मिडियाहरु पासवर्ड प्रयोग गरी हुनसक्ने अवैधानिक एक्सेसबाट सुरक्षित रहन सक्छन् । ती पासवर्ड गोप्य हुन्छन् र ह्वाट्सएपमा पठाइन्नन् ।

ह्वाट्सएपको पासवर्ड प्रोटेक्टेड ह्वाट्सएप क्लाउड ब्याकअप इनेबल भइसकेपछि तपाईंले कम्तिमा आठ अक्षरको पासकोड सेट गर्न सक्नुहुन्छ र आफ्नो नयाँ डिभाइसमा त्यही पासवर्ड राखेर पुरानो अकाउन्टलाई रिस्टोर गर्न सक्नुहुन्छ ।  

ह्वाट्सएपमा भएको टु फ्याक्टर अथेन्टिकेसनभन्दा यो केही फरक छ । पासवर्ड प्रोटेक्टेड ब्याकअपले तपाईंको अकाउन्टलाई सुरक्षाको अर्को लेयर पनि प्रदान गर्नेछ । यसमा तपाईंले आफ्नो मोबाइल फोन नम्बरबाहेक टेलिफोन नम्बर पनि प्रदान गर्नुपर्नेछ । 

यसका लागि ह्वाट्सएपले आफ्नो इन्टरफेस नै नयाँ बनाउने बताइएको छ । नयाँ यूआईमा तपाईंले ब्याकअप कन्टेन्ट एक्सेस गर्न पासकोड इन्ट्री गर्नुपर्नेछ । बेटा भर्सन अनुसार यो नयाँ फिचर प्रयोग गर्न सेटिङबाट च्याट हुँदै च्याट ब्याकअपमा जानुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१