close

आईपीओ आवेदनका लागि अब छुट्टै वेबसाइट

टेकपाना टेकपाना

फागुन २८, २०७७ १६:९

आईपीओ आवेदनका लागि अब छुट्टै वेबसाइट

काठमाडौं । शेयरमा लगानी गर्नेको संख्या बढेसँगै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आईपीओ भर्न छुट्टै वेबसाइट बनाउने भएको छ । छुट्टै वेबसाइटमार्फत प्रयोगकर्तालाई सहज रुपमा प्राथमिक शेयर निष्कासनमा आवेदन दिन मिल्ने बनाउने तयारी अघि बढाइएकाे हाे ।

हरेक दिन हजारौंको संख्यामा डिम्याट खाता खोलिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ३१ लाख ५८ हजार भन्दा बढीले डिम्याट खाता खोलिसकेको अवस्था छ ।

यस्तोमा सीडीएससीको हाल सञ्चालनमा रहेको ‘मेरो सेयर’ वेबसाइटमा अत्यधिक भार पर्न थालेसँगै आईपीओको आवेदनकै लागि नयाँ वेबसाइटको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सीडीएससको सब–डोमेनका रुपमा अब आउने नयाँ कम्पनीको आवेदनका लागि अलग्गै वेबसाइट तयार हुनेछ । जसमार्फत प्रयोगकर्ताले सहज रुपमा आईपीओको आवेदन दिनसक्ने आशा कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१