close

गुगल क्रोममा अब थोरै र्‍यामको प्रयोगमै छिटो पेज खुल्ने

टेकपाना टेकपाना

फागुन २९, २०७७ ८:५५

गुगल क्रोममा अब थोरै र्‍यामको प्रयोगमै छिटो पेज खुल्ने

काठमाडौं । गुगलले यही महिनाको सुरुवातमा क्रोमको नयाँ भर्सन ८९ सार्वजनिक गरेको थियो । जसले म्याकबुकलाई कुल राख्नुका साथै विन्डोजमा मेमोरीको खपत कम गर्ने गुगलले बताएको छ ।

गुगलका अनुसार तपाईं विन्डोज, म्याक अथवा एन्ड्रोइड जेसुकैमा नयाँ भर्सनको क्रोम प्रयोग गर्नुभएको छ भने अब क्रोमले थोरै रिसोर्स प्रयोग गर्नेछ । भने, छिटो खुल्नुका साथै अझ प्रभावकारीसमेत हुने छ ।

तर, यी सुविधा आईओएस अर्थात आईफोनमा उपलब्ध छ वा छैन भन्ने विषयमा भने गुगलले केही बताएको छैन । कम्पनीका अनुसार म्याकओएसमा नयाँ भर्सनको क्रोमले यसअघि भन्दा २० प्रतिशत कम मेमोरी खपत कम गर्नेछ । जसले म्याकलाई कुल बनाइराख्न मद्दत गर्नेछ ।

त्यस्तै विन्डोजका लागि ब्राउजरले एड्भान्स मेमोरी एलोकेटर प्रयोग गरिएकाले ब्राउजिङ प्रोसेसमा २२ प्रतिशतसम्म मेमोरी खपत कम गर्नेछ । भने, रेन्डरमा ८ प्रतिशत र जीपीयूमा ३ प्रतिशत मेमाेरी खपत कम गर्नेछ । जसले गर्दा समग्रमा ब्राउजरको रेस्पोन्सिभनेस ९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै एन्ड्रोइडमा ब्राउजरले ५ प्रतिशत कम मेमोरी खपत कम गर्नेछ । भने, ब्राउजर खुल्ने समय ७.५ प्रतिशत छिटो र पेज लोड हुन लाग्ने समय १३ प्रतिशत कम भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१