गुगलमाथि प्राइभेट मोडमा प्रयोगकर्ता ट्र्याक गरेको आरोप, ६ खर्ब जरिवाना हुनसक्ने
चैत २, २०७७ ११:९
काठमाडौं । विश्व विख्यात सर्च इन्जिन कम्पनी गुगलले प्राइभेट मोडमा समेत प्रयोगकर्ता ट्र्याक गरेको आरोपमा मुद्दा खेप्नुपर्ने भएको छ । अमेरिकाको जिल्ला अदालतले गुगललाई मुद्दामा छलफलका लागि बोलाएको हो ।
यसअघि सन् २०२० जुनमा तीन जना प्रयोगकर्ताहरुले इन्कग्निटो मोड (प्राइभेट) मोडमा पनि गुगलले प्रयोगकर्ताको जानकारी संकलन गरिरहेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
साथै सफारी लगायतका अन्य ब्राउजरमा उपलब्ध प्राइभेट मोडमा पनि यस्तै किसिमको समस्या रहेको उनीहरुको मुद्दामा उल्लेख छ । उक्त मुद्दामा अदालतले अब जवाफको लागि गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटलाई उपस्थित हुन आदेश दिएको हो ।
यदि यो आरोप पुस्टी भएको खण्डमा गुगलले ५ अर्ब अमेरिकी डलर अर्थात करिब ६ खर्ब रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।
एजेन्सी ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
