close

डिजिटल विभेद बढेको भन्दै वेब आविष्कारक बर्नर्स लीको यस्तो चिन्ता

टेकपाना टेकपाना

चैत ३, २०७७ ९:४८

डिजिटल विभेद बढेको भन्दै वेब आविष्कारक बर्नर्स लीको यस्तो चिन्ता

काठमाडौं । डब्लूडब्लूडब्लू वेबका आविष्कारक सर टिम बर्नर्सले आधारभूत अधिकारको रुपमा इन्टरनेट कनेक्टिभिटीको महत्वलाई कोरोना भाइरसले प्रष्ट्याएको बताएका छन् । यसैबीच उनले धेरै युवाहरुको इन्टरनेटमा पहुँच नभएको र यसले डिजिटल डिभाइड अर्थात विभेदलाई थप बढाएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । 

उनले सरकारलाई सन् २०३० सम्म युनिभर्सल ब्रोडब्याण्डमा लगानी गर्न समेत आह्वान गरेका छन् । यस वर्षको वर्ल्ड वाइड वेब दिवसलाई मध्यनजर गर्दै उनले लेखेको वार्षिक पत्रमा सन् २०३० सम्ममा युनिभर्सल ब्रोडब्याण्ड प्रदान गर्नका लागि कोषको अभाव नभएको उल्लेख गरेका छन् । 

एउटा लाइफलाइन 

सर टिमले सन् १९८९ मा सर्न पार्टिकल रिसर्च ल्याबमा काम गर्दा वेबलाई बुझेका थिए । तर महामारीको लामो समयमा यो एउटा लाइफ लाइन बनेर हाम्रो दैनिकी र जीवनशैलीलाई निरन्तरता दिन सहयोग गरेको उनी बताउँछन् । 

तर अझै पनि एक तिहाई युवाहरुसँग इन्टरनेटको पहुँच नभएको र घरमा बसी बसी काम गर्न र अध्ययन गर्न गुणस्तरीय इन्टरनेट कनेक्सनको कमी भएको उनले बताए ।  बीबीसीसँगको एउटा अन्तरवार्तामा कुरा गर्दै उनले वेब शक्तिशाली बनेको तर हुने खाने र हुँदा खानेबीचको डिलिटल डिभाइड (विभेद) को खाँडल झनै फराकिलो बनेको उनले बताए । 

उनले डिजिटल डिभाइस विकाशिल मुलुकमा मात्र नभएर बेलायत जस्तो देशमा पनि रहिरहेको बताएका छन् । साथै उनले पत्रमा सन् २०३० सम्म इन्टरनेटको युनिभर्सनल ब्रोडब्याण्ड उपलब्ध गराउन सरकार तथा निजी क्षेत्रहरुले करिब ४२८ अर्ब डलर लगानी गर्नुपर्नेमा जोड समेत दिएका छन् ।  

कम्प्युटर वैज्ञानिक सर टिमले अप्टिकल फाइबर ब्रोडब्याण्ड र मोबाइल कनेक्सनलाई जोडतोडका साथ ग्रामीण क्षेत्रमा विस्तार गर्न समेत भनेका छन् । गएको मंगलबार वेलायतका डिजिटल मन्त्री ओलिभर डाउडेनले पनि इन्टरनेटलाई हाइपरफास्ट ब्रोडब्याण्डमा परिणत गर्न सरकार ब्रोडब्याण्ड कम्पनीहरुसँग अथकरुपमा काम गरिरहेको बताएका थिए । 

उनले भनेका छन्, ‘दुई वर्षअघि हामीसँग करिब ७ प्रतिशत गिगाबाइट क्षमताको ब्रोडब्याण्ड थियो भने आज यो ३० प्रतिशत पुगेको छ र यस वर्षको अन्त्यसम्म यो ५० प्रतिशत पुग्छ भन्ने कुरामा म विश्वस्त छु ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१