close

एलन मस्कलाई ‘टेक्नोकिङ अफ टेस्ला’ को उपाधि

टेकपाना टेकपाना

चैत ३, २०७७ १४:६

एलन मस्कलाई ‘टेक्नोकिङ अफ टेस्ला’ को उपाधि

काठमाडौं । विद्युतीय कार निर्माता टेस्ला इंकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई ‘टेक्नोकिङ अफ टेस्ला’ को रुपमा औपचारिक पद दिएको छ । टेस्लाले भनेको छ, ‘सँगै उनलाई टेक्नोकिङ अफ टेस्ला को रुपमा नयाँ पद प्रदान गरिएको हो ।’

उनलाई यो पद किन दिइयो भन्ने विषयमा त्यति धेरै जानकारीबाहिर आएको छैन । यसका साथै फाइलिङमा फाइनान्स प्रमुख जाचरी किर्खोर्नलाई ‘मास्टर अफ क्वाइन’ पनि भनिएको छ ।

अघिल्लो महिना टेस्लाले बिटक्वाइनमा १.५ अर्ब डलर लगानी गरेको खुलासा गरेको थियो । भने, चाँडै नै यसलाई कारको भुक्तानीको रूपमा स्वीकार्ने गर्ने बताइएको थियो । त्यसैले जाचरी किर्खोर्नलाई ‘मास्टर अफ क्वाइन’ को पद दिइएको हुनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१