close

शेयर बिक्रीबाट साढे २ खर्ब उठाउँदै राकुटेन

टेकपाना टेकपाना

चैत ३, २०७७ १७:१५

शेयर बिक्रीबाट साढे २ खर्ब उठाउँदै राकुटेन

काठमाडौं । भाइबर म्यासेजिङ एपको स्वामित्वकर्ता कम्पनी राकुटेनले आफ्नो शेयर बिक्री गरेर २४२ जापानी येन (साढे २ खर्ब रूपैयाँभन्दा बढी) फण्ड संकलन गर्ने योजना लिएको छ । यसका लागि उसले टेन्सेन्ट होल्डिङ, वालमार्ट कम्पनी तथा जापान पोस्ट होल्डिङ्स कम्पनीलाई शेयर बिक्री गर्नेछ ।

जापान पाेस्टले राकुटेनको नयाँ र पुराना शेयरमध्येबाट ८.३२ प्रतिशत शेयर खरिद गर्नेछ । तर चिनियाँ सोसल मिडिया लिडर टेन्सेन्ट र अमेरिकी रिटेलर जायन्ट कम्पनी वालमार्टले भने सानो हिस्सा खरिद गर्नेछ ।

बितेको दुई वर्षदेखि लजिस्टिक फोर्जमा साझेदारीको सम्झौता गरेपछि जापान पोस्ट र राकुटेनको शेयर मूल्यमा वृद्धि भएको छ ।

जापानी ईकमर्श पायोनियर राकुटेन, कोरोना महामारी र लकडाउनको समयमा निकै लाभान्वित भएको थियो । यद्यपि अमेजनसँगको कडा प्रतिस्पर्धाबाट भने राकुटेन पनि बच्न सकेन ।

गत वर्ष नियामकहरुको अनुसन्धानपछि राकुटेनको प्लेटफर्मबाट बिक्रेताहरु पछाडि हट्दा कम्पनीले आफ्नो नि:शुल्क शिपिङको योजनालाई स्थगित गरेको थियो ।

अहिले राकुटेन वायरलेस मोबाइलको क्षेत्रमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ । साथै उसले स्टाइड उद्योगमा पनि डिस्रप्सन ल्याउने अपेक्षा गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१