close

ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाउने तयारीमा भारत

टेकपाना टेकपाना

चैत ४, २०७७ ८:२६

ह्वावे र जेडटीईलाई प्रतिबन्ध लगाउने तयारीमा भारत

काठमाडौं । भारतको दूरसञ्चार विभागले टेलिकम कम्पनीहरूहरुलाई केही विशेष किसिमका मोबाइल गियर खरिद प्रक्रिया सरकारबाट अनुमोदित स्रोतबाट मात्र गर्न निर्देशन दिएको छ । विभागकाे हालैकाे निर्देशनमा चीनका ह्वावे र जेडटीई भारतीय सरकारबाट अनुमोदित कम्पनीभित्र नपर्ने उल्लेखमा छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारतले चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउन नयाँ कदम चालेकाे हाे । सरकारको त्यस्तो निर्देशनले भारत पनि चीनको दूरसञ्चार उपकरणलाई रोक्ने अमेरिका र युरोपेली मुलुकहरुकै लाइनमा रहेको बुझ्न सकिन्छ । 

नाम खुलाउन नचाहने एक स्रोतका अनुसार भारत सरकारले चिनियाँ कम्पनीहरुलाई प्रतिबन्धित कम्पनीको सूचीमा थप्दै जाने क्रममा छ । तर नेटवर्क उपरकणका लागि विश्वासिलो स्रोतको सूची तयार गर्ने सम्बन्धमा भने भारत सरकारले कुनै तदारुकता देखाएको छैन ।

नयाँ प्रतिबन्ध अब १५ जूनदेखि लागू हुनेछ । अपरेटरहरुले उपकरण खरिद गर्नुअघि कसलाई विश्वासिलो स्रोत मान्ने भन्नेबारे राष्ट्रिय साइबर सुरक्षा कोअर्डिनेटर एनसीएससीसँग राय लिनुपर्ने द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

गत वर्षको जूनदेखि भारतले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउन थालेयता दुई देशबीचको सम्बन्धमा उतारचढाव आउन थालेको हो । 

भारतलाई अमेरिकाले पनि लामो समयदेखि चिनियाँ फाइभजी उपकरणमाथि प्रतिबन्ध लगाउन दबाब दिँदै आइरहेको थियो ।

यद्यपि सस्तो मूल्यमा एड्भान्स उपकरणको लागि ह्वावे र जेडटीईसँग दलाली गर्दै भारतले सम्बन्धलाई निरन्तरता दिइरहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१