close

क्रिप्टोकरेन्सी माइनिङ गर्न आफ्नै फार्म बनाउँदै पाकिस्तान

टेकपाना टेकपाना

चैत ८, २०७७ १६:४

क्रिप्टोकरेन्सी माइनिङ गर्न आफ्नै फार्म बनाउँदै पाकिस्तान

काठमाडौं । पाकिस्तानले क्रिप्टोकरेन्सी उत्खननका लागि आफ्नै माइनिङ फार्म निमार्ण गर्ने भएकाे छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तले पाइलट प्राेग्रामका रूपमा दुई वटा जलविद्युत उर्जाद्धारा सञ्चालित हुने माइनिङ फार्म्र निर्माण गर्ने याेजना ल्याएकाे हाे ।

याे फार्मले आफ्नै नयाँ बिटक्वाइन माइन गर्ने हो वा होइन भन्ने विषय भने केही उल्लेख गरिएको छैन । तर, पछिल्लो समय विश्वव्यापी रुपमै क्रिप्टोकरेन्सीको मूल्य आकाशिएकाे छ ।

त्यस्तै विभिन्न कम्पनीहरुले यसलाई आत्मासाथ नै गरिसकेका छन् । यस्तो अवस्थामा पाकिस्तानले आफ्नै छुट्टै बिटक्वाइन ल्याउनसक्ने आँकलन गरिएको छ ।

हालैमात्र त्यहाँकाे सरकारले क्रिप्टोकरेन्सी नियमनका लागि नयाँ नीति निर्माण गर्न एक समिति बनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१