close

आईफोन १२ मा चार्जर नदिएको भन्दै एप्पललाई २२ करोड जरिवाना

टेकपाना टेकपाना

चैत ८, २०७७ १६:४६

आईफोन १२ मा चार्जर नदिएको भन्दै एप्पललाई २२ करोड जरिवाना

काठमाडौं । आईफोन १२ को बक्समा चार्जर उपलब्ध नगराएको भन्दै ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलर अर्थात २२ करोड १० लाखभन्दा बढी जरिवाना गरेको छ । ब्राजिलको उपभोक्ता संरक्षण नियामक कम्पनी प्रोकन–एसपीले आईफोन १२ चार्जरबिना बजारमा उपलब्ध गराएको भन्दै एप्पललाई जरिवाना गरेको हो ।

यसअघि डिसेम्बरमा प्रोकन–एसपीले एप्पललाई ब्राजिलभित्र आईफोन १२ खरिद गर्ने प्रयोगकर्तालाई चार्जर उपलब्ध गराउनुपर्ने भनी माग गरेको थियो । तर, त्यसमा एप्पलले महिनौंसम्म कुनै प्रतिक्रिया दिएन् ।

ब्राजिलियन नियामकले पनि एप्पललाई किन चार्जर उपलब्ध नगराएको भनी पत्र पठाएको थियो । उक्त पत्रको जवाफमा एप्पलले चित्त बुझ्दो जवाफ नदिएपछि कम्पनीलाई १९ लाख अमेरिकी डलर जरिवाना तोकेको हो ।

त्यतिमात्रै नभएर एप्पलले आफ्ना उपकरणबारे दिएको विज्ञापनमा झुटो कुरा उल्लेख गरेको समेत जनाइएको छ । भने, कम्पनीले प्रयोगकर्तालाई त्रुटिपूर्ण उपकरण बेचेको आरोप पनि ब्राजिलले लगाएको छ ।

यसअघि एप्पलले वातावरण संरक्षणको लागि भन्दै आईफोन १२ बाट चार्जर हटाएको थियो । तर ब्राजिलले एप्पलको उक्त कारण उपयुक्त नभएको नभएको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१