close

फेसबुकले जसलाई जागिरको लायक ठानेन, उनैको कम्पनीलाई १९ अर्ब डलरमा किनेको थियो

टेकपाना टेकपाना

चैत १२, २०७७ १३:३३

फेसबुकले जसलाई जागिरको लायक ठानेन, उनैको कम्पनीलाई १९ अर्ब डलरमा किनेको थियो

काठमाडाैं । सामाजिक सञ्जाल ह्वाट्सएप आजको समयमा बढी प्रयोग गरिने म्यासेजिङ एप हो । जसलाई फेसबुकले सन् २०१४ मा १९ अर्ब अमेरिकी डलरमा किनेको थियो ।

त्यसअघि पनि फेसबुकले इन्स्टाग्रामजस्तो एउटा महत्वपूर्ण सामाजिक सञ्जाल आफ्नो स्वामित्वमा ल्याइसकेको थियो । फोटो शेयरिङसम्बन्धी उक्त एपका लागि फेसबुकले सन् २०१२ मा जम्मा ४ अर्ब डलर खर्चेको थियो ।

यसरी आज इन्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा छन् । १९ अर्ब डलर दिएर फेसबुकका संस्थापक मार्क जुकरवर्गले ब्रायन एक्टनसँग ह्वाट्सएप खरिद गरेका थिए ।

ब्रायन एक्टन ह्वाट्सएपका संस्थापक थिए । उनी संस्थापक भएता पनि ह्वाट्सएपको सोच भने जेन कुमको थियो ।

कुमको जन्म युक्रेनमा भएको थियो । घरायसी कारणले १६ वर्षको उमेरमा उनले आफ्ना बाबुलाई छोडेर आमा र हजुरआमासँग अमेरिका पलायन भए । प्रारम्भिक शिक्षा साेभियत संघमा पाए ।

उनको परिवारको आर्थिक अवस्था नाजुक थियो । उनले किराना पसल, सरसफाई गर्ने काम समेत गरे । त्यसबीचमा उनकी आमालाई क्यान्सर भयो । सरकाले उपचारको लागि केही पैसा दिन्थ्यो ।

सरकारले दिएको पैसा जोगाएर उनी कम्प्युटर नेटवर्किङसँग सम्बन्धित किताब खरिद गर्थे । पढिसकेपछि सेकेन्ड ह्याण्डमा बेच्थे । जसोतसो उनले आफ्नो प्रारम्भिक तहको पढाइ सकाए । त्यसपछि उनी सिलिकन भ्यालीमा रहेको एउटा विश्वविद्यालयमा भर्ना भए ।

विश्वविद्यालयमा पढ्दा पढदै उनी एक कम्पनीमा सेक्युरीटी टेस्टरको रुपमा काम गर्न थाले । यसैबीच सन् १९९७ मा उनले याहूमा जागिर पाए ।

त्यसैक्रममा उनको भेट ब्रायनसँग भएको थियो । जो ह्वाट्सएपका संस्थापक हुन् । उनले ९ वर्ष याहूमा काम गरे । त्यहाँ काम गर्दा उनले केही रकम बचत गरेका थिए । ९ वर्षपछि उनले याहूको काम छाडे ।

याहू छाडेको एक वर्षपछि केही गर्ने योजनाका साथ कुमले सन् २००९ मा एप्पलको आईफोन किने । त्यो बेला उनी जिमखाना जाने गर्थे ।

जिममा मोबाइलको नेटवर्क प्रयोग गरी फोन गर्न पाइदैन थियो । त्यसपछि उनले स्काइप प्रयोग गर्न थाले । एक दिन उनले आफ्नो स्काइपको पासवर्ड बिर्सिए । त्यसदिन उनको मनमा नयाँ एपको आविष्कारको सोच पलायो ।


उनको योजना थियो मान्छेसँग भएको मोबाइल नम्बरले नै उनिहरुलाई एकआपसमा जोडेर राख्न सकियोस् । उनले यो योजनामा साथि एक्टनसँग सल्लाह गरे । त्यसपिछि दुवैले मिलेर ह्वाट्सएप बनाए ।

ह्वाट्सएपका स‌ंस्थापक द्वय ब्रायन एक्टन र जेन कुम । तस्वीर: वायर

सँगसँगै उनीहरु कुनै राम्रो कम्पनीमा काम गर्न पनि चाहन्थे । उनीहरुले फेसबुक र ट्विटर लगायतका कम्पनीमा जागिरका लागि आवेदन पनि दिए । तर, उनिहरूले त्यहाँ जागिर पाउन सकेनन् ।

आफूमा भएको क्षमतालाई फेसबुकले विश्वास नगरेपछि उनीहरु आफ्नो मनोबललाई बढाएर ह्वाट्सएपलाई नै थप परिस्कृत गर्नतर्फ लागे । यही क्रममा याहूका केही पदाधिकारीहरुले उनिहरुको प्रोजेक्टमा लगानी गर्न इच्छा देखाए । उनीहरुले उक्त प्रस्ताव स्वीकार गरे ।

आएको रकमले आफ्नो प्राजेक्ट अझ प्रभवकारी बनाउँदै उनीहरु अघि बढे । सन् २०१० मा आएर उनीहरुले आफ्नो प्रडक्ट अर्थात ह्वाट्सएप सार्वजनिक गरे । सार्वजनिक भएको केही महिनासम्म उनीहरुको आम्दानी मासिक ५ हजार डलरमात्रै हुन्थ्यो । तर, एक वर्षको अवधिमा ह्वाट्सएप धेरैको रोजाइमा पर्न सफल भयो ।

यतिसम्म कि फेसबुकका मालिक मार्क जुकरबर्गलाई समेत यसले आकर्षित गर्‍यो । यसपश्चातका कुनै दिन पनि कुमले पछि फर्किएर हेर्नुपरेन । सन् २०१४ सम्म ह्वाट्सएप सफलताको उच्च विन्दुमा पुगिसकेको थियो ।

यसैबीच कुमलाई मार्क जुकरवर्ग आफैले फ्रेन्ड रिक्वेस्ट पठाए । सँगसँगै कम्पनीको ठूलो शेयर स्वामित्व खरिद गर्ने प्रस्ताव पनि ।

उनीहरुले सुरुमा आफ्नो २० प्रतिशत शेयर राखेर बाँकी फेसबुकलाई बिक्री गरे । पछि बाँकी रहेको २० प्रतिशत शेयरसमेत बेचर उनीहरु ह्वाट्सएपबाट बाहिरिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१