close

एप्पलका अपरेटिङ सिस्टममा गम्भीर सुरक्षा कमजोरी, तत्काल अपडेट गर्न आग्रह

टेकपाना टेकपाना

चैत १४, २०७७ १९:२७

एप्पलका अपरेटिङ सिस्टममा गम्भीर सुरक्षा कमजोरी, तत्काल अपडेट गर्न आग्रह

काठमाडौं । एप्पलले आईओएस, आईप्याड ओएस र वाच ओएसमा भेटिएको गम्भीर सुरक्षा कमजोरीलाई फिक्स गर्न आपतकालीन सेक्युरिटी प्याच अपडेट गरेको छ । ती प्याच क्रमशः आईओएस १४.४.२, आईप्याड १४.४.२ र वाच ओएस ७.३.३ रहेका छन् ।

गुगलको थ्रेट एनालिसिस ग्रुपले पत्ता लगाएको उक्त सुरक्षा कमजोरीले एप्पलको वेबकिट ब्राउजर इन्जिनलाई असर गरेको थियो । उक्त भल्नरेबिलिटी सक्रियरुपमा एक्सप्लोइट हुनसक्ने भन्दै एप्पलले त्यसमा तत्काल अपडेट ल्याएको हो । 

उक्त कमजोरीबारे एप्पल कम्पनीको तर्फबाट केही विस्तृत विवरण आएको छैन । यद्यपि त्यस्तो किसिमको कमजोरी मेलिसियस क्रियाकलाप गरी प्रयोगकर्ताहरुलाई फिशिङ साइटतिर पुर्‍याउन सक्ने खतरा रहेको बताइएको छ । 

सोही गम्भीर सुरक्षा कमजोरीका कारण एप्पलले आईफोन फाइभ एस, आईफोन सिक्स, आईफोन सिक्स प्लस, आईप्याड एयर, आईप्याड मिनी टु, आईप्याड मिनी थ्री र आईपोड टच छैठौं जेनेरेसनका जस्ता पुराना डिभाइसहरुबाट आईओएस १२.५.२ लाई हटाउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१