close

साओमीले बनायो क्यामेराका लागि छुट्टै प्रोसेसर

टेकपाना टेकपाना

चैत १५, २०७७ ११:३७

साओमीले बनायो क्यामेराका लागि छुट्टै प्रोसेसर

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले क्यामेराका लागि आफ्नै प्रोसेसर बनाएकाे छ । आफ्नै डिजाइनमा इमेज प्रोसेसिङ प्रोसेसर (आईएसपी) तयार भएको कम्पनीले पुष्टि गरेको हो ।

कम्पनीले यसअघि सन् २०१७ मै क्यामेराका लागि चिपसेट निर्माण गर्ने जनाएको थियो । तर, बीचको तीन वर्ष गुमनामजस्तै बनेको चिपसेटको विषय यतिबेला कम्पनीले तयार भएको जानकारी दिएकाे छ ।

मोबाइल डिभाइस तथा अन्य उपकरणमा अहिले सीपीयू, जीपीयू, आईएसपी, एनपीयू लगायतका प्रोसेसर प्रयोग हुन्छ । त्यस्तै एक प्रोसेसरको रुपमा इमेज प्रोसेसिङ्ग प्रोसेसर (आईएसपी) तयार भएको हाे ।

यो प्रोसेसरले क्यामेराको डेटा प्रोसेसिङको काम गर्नेछ । यसको अर्थ यसले क्यामेरामा रङ, प्रकाश र इमेज सेन्सरद्वारा संकलित जानकारी र अन्य जानकारीबारे डेटा प्रोसेसिङ गरी उच्च गुणस्तरीय इमेज उत्पादन गर्न मद्दत गर्नेछ ।

यो प्रोसेसरको विषयमा कम्पनीले सोमबार आयोजना गर्ने लाइभ इभेन्टमा जानकारी दिनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१