close

आईफोन १२ प्रो वर्षकै उत्कृष्ट स्मार्टफोन

टेकपाना टेकपाना

चैत १५, २०७७ १२:२७

आईफोन १२ प्रो वर्षकै उत्कृष्ट स्मार्टफोन

काठमाडौं । सन् २०२० को अक्टोबर महिनामा सार्वजनिक भएको आईफोन १२ प्रो म्याक्स सन् २०२१ कै विश्वकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन घोषित भएको छ । सन् २०२० मा सार्वजनिक भएको भएता पनि आईफोन १२ प्रो म्याक्स २०२१ मा उपलब्ध स्मार्टफोनमध्ये उत्कृष्ट स्मार्टफोन घोषित भएको छ ।

कन्ज्युमर रिपोर्टले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार फोनहरुको सूचीमा आईफोन १२ प्रो म्याक्स यस वर्षको उत्कृष्ट आईफोन भएको हो । प्रतिवेदनले उक्त फोनलाई शीर्ष मूल्यांकन प्रदान गरेको छ ।

आईफोन १२ सिरिज अन्तर्गतकाे यो फोनमा ६.७ इन्चको डिस्प्ले रहेको छ । भने, फोनमा ए १४ बायोनिक चिपसेट, ओएलइडी डिस्प्ले, अपग्रेड क्यामेरा, फाइभजी नेटवर्कका साथै लामो समयसम्म टिक्ने ब्याट्री फिचर भएकाे यो फोन उत्कृष्ट घोषणा भएको हो ।

एन्ड्रोइडतर्फ सामसङ ग्यालेक्सी नोट २० फाइभजी पहिलो नम्बरमा राखिएको छ । फोनमा प्रयोग भएको डिस्प्ले, जुम क्यामरा र ब्याट्रीका कारण उक्त फोनलाई छनोट गरिएको हो । त्यसैगरी बजेट स्मार्टफोनको सूचीमा पहिलाे नम्बरमा वानप्लस नर्ड एन १० फाइभजी समावेश भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१