close

मि ब्याण्डसँगै आज सार्वजनिक हुँदै साओमी मि ११ सिरिज

टेकपाना टेकपाना

चैत १६, २०७७ ८:४७

मि ब्याण्डसँगै आज सार्वजनिक हुँदै साओमी मि ११ सिरिज

काठमाडौं । साओमीको नयाँ स्मार्टफोन मि इलाभेनको चर्चा लामो समयदेखि चल्दै आएको छ । चर्चाअनुसार कम्पनीले यो सिरिजमा तीन वटा स्मार्टफोन सार्वजनिक गर्दैछ, जसमा आकर्षक फिचर हुनेछन् ।

साओमीको नयाँ स्मार्टफोन सिरिज आज सार्वजनिक भएकाे छ । सोमबार आयोजना हुने भर्चुअल इभेन्टमार्फत कम्पनीका नयाँ प्रडक्ट बजारमा आउनेछन् ।

स्मार्टफोन सिरिजसँगै साओमीले आफ्नो मि ब्याण्डलाई समेत बजारमा उतार्नेछ । बाहिरिएका रिपोर्ट अनुसार साओमीले मि ११ सिरिज अन्तर्गत मि इलाभेन प्रो, मि इलाभेन अल्ट्रा र मि लाइट गरी तीन वटा स्मार्टफोन बजारमा ल्याउँदैछ ।

मि इलाभेन प्रो, मि इलाभेन अल्ट्रा र मि लाइट सार्वजनिक हुने विषयलाई लिएर कम्पनीले आधिकारिक रुपमा ट्वीटरमार्फत एउटा पोस्ट गरेको छ ।

यद्यपि कम्पनीले सार्वजनिक हुने प्रडक्टको नाम भने खुलाएको छैन । तर लिक्स र टिजरअनुसार यो इभेन्टमा मि इलाभेन सिरिजका स्मार्टफोन र मि ब्याण्ड सिक्स सार्वजनिक हुनेछन् ।

यस्ता छन् सम्भावित फिचर

अहिलेसम्म बाहिर आएका लिक्स अनुसार मि इलाभेन सिरिजमा मि लाइट समेत रहेको छ । यो कम्पनीको पहिलो त्यस्तो स्मार्टफोन हुनेछ, जसमा स्नापड्रागन ७७५ जी प्रोसेसर राखिएको छ ।

यसबाहेक स्मार्टफोनमा तीन वटा रियर क्यामेरा सेटअप उपलब्ध हुनेछ । फोनमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र ५ मेगापिक्सेलको म्याक्रो सेन्सर हुनेछ ।

यस बाहेक मि इलाभेन प्रो र मि इलाभेन अल्ट्रामा सामसङ आईएसओसेल ब्राइट जीएन २ सेन्सरका साथ ५० मेगापिक्सेलको क्यामेरा उपलब्ध हुनेछ ।

त्यस्तै अल्ट्रा माेडलमा एन्ड्राेइड ११, स्न्यापड्रागन ६.८ इन्चकाे कर्भ्ड ओएलईडी डिस्प्ले, १२० हर्जकाे रिफ्रेस रेट, स्न्यापड्रागन ८८८ चिपसेट, १२ जीबी र्‍याम र ५ हजार एमएएचकाे ब्याट्री रहेकाे बताइएकाे छ ।

स्मार्टफाेनकाे ब्याट्रीमा ६७ वाट वायर्ड चार्जिङ, ६७ वायरलेस चार्जिङ, १० वाटकाे रिभर्स चार्जिङ हुने अनुमान गरिएकाे छ, जुन यसकाे आकर्षक विशेषताको रुपमा रहेको छ । त्यस्तै धुलाे र पानीबाट जाेगाउन आईपी६८ प्रविधि प्रयोग गरिएको छ ।

त्यस्तै याे फाेनमा ५० मेगापिक्सेल, ४८ मेगापिक्सेल र ४८ मेगापिक्सेल गरी तीनवटा रियर क्यामेरा रहेकाे छ । सेल्फीका लागि २० मेगापिक्सेलकाे क्यामेरा सेटअप छ ।

Xiaomi teases the Mi 11 Ultra with revolutionary cooling design

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१