काठमाडौं । स्मार्टफोन कम्पनी सामसङले सुरक्षा र गोपनीयताको विषयलाई गम्भीररुपमा लिएर आफ्नो शीर्षस्थ प्राथमिकतामा राख्ने गरेको छ ।
सामसङले २०१९ र त्यसयता निर्माण भएका लाेकप्रिय डिभाइसहरुमा न्यूनतम चार वर्षसम्मका लागि फर्मवेयर सेक्युरिटी अपडेट सपोर्ट गर्ने घोषणा पनि गरिसकेको छ ।
यसबीच सामसङले मासिक, त्रैमासिक र अर्धवार्षिक फर्मवेयर सेक्युरिटी अपडेट गर्ने डिभाइसहरुको सूची पनि सार्वजनिक गरिसकेको छ ।
जसमा कम्पनीले एन्ड्रोइड अपरेटिङका सुरक्षा समस्यासँग सम्बन्धित गुगलले सार्वजनिक गरेको प्याच, सामसङकै विशेष सुरक्षा कमजोरीका प्याचसमेत प्रदान गर्नेछ ।
सामसङले हालका कुन मोडललाई कति समयमा सुरक्षा अपडेट उपलब्ध गराउँछ भन्ने सूची तल दिइएको छ ।
मासिक सेक्युरिटी अपडेट पाइरहेका सामसङका मोडलहरु
हाल समसङले ग्यालेक्सी फोल्डेबल सिरिजका मोडलहरु Galaxy Fold, Galaxy Fold 5G, Galaxy Z Fold2, Galaxy Z Fold2 5G, Galaxy Z Flip, Galaxy Z Flip 5G, का लागि मासिक अपडेट प्रदान गरिरहेको छ ।
यस्तै एस सिरिजमा Galaxy S10, Galaxy S10+, Galaxy S10e, Galaxy S10 5G, Galaxy S10 Lite ,Galaxy S20, Galaxy S20 5G, Galaxy S20+, Galaxy S20+ 5G, Galaxy S20 Ultra, Galaxy S20 Ultra 5G, Galaxy S20 FE, Galaxy S20 FE 5G, Galaxy S21 5G, Galaxy S21+ 5G, Galaxy S21 Ultra 5G मा पनि अपडेट प्रदान गरिएकाे छ ।
यसबाहेक ग्यालेक्सी ए ५२ का Galaxy A52, Galaxy A52 5G र अन्य इन्टरप्राइज मोडलहरु Galaxy A50, Galaxy XCover4s, Galaxy Xcover FieldPro, Galaxy Xcover Pro, Galaxy Xcover5 ले मासिक सुरक्षा अपडेट पाइरहेका छन् ।
त्रैमासिक सेक्युरिटी अपडेट पाइरहेका सामसङका मोडलहरु
सामसङले एस सिरिजमा Galaxy S8, Galaxy S8+, Galaxy S8 Active, Galaxy S9, Galaxy S9+ र नोट सिरिजमा Galaxy Note8 लाई त्रैमासिक सुरक्षा अपडेट उपलब्ध गराइरहेको छ ।
एम सिरिजका Galaxy M10s, Galaxy M30s, Galaxy M40, Galaxy M01, Galaxy M11, Galaxy M21, Galaxy M31, Galaxy M31s, Galaxy M51, Galaxy M12 फोनहरुले पनि अपडेट पाइरहेका छन् ।
ग्यालेक्सी ट्याब सिरिजमा Galaxy Tab A 10.1 (2019), Galaxy Tab A 8 (2019), Galaxy Tab A with S pen, Galaxy Tab A 8.4 (2020), Galaxy Tab A7, Galaxy Tab Active2, Galaxy Tab Active Pro ले सेक्युरिटी अपडेट पाइरहेका छन् ।
त्यस्तै Galaxy Tab Active3 र Galaxy Tab S5e, Galaxy Tab S6, Galaxy Tab S6 5G, Galaxy Tab S6 Lite, Galaxy Tab S7, Galaxy Tab S7+, Galaxy View2 हरु लगायत डब्लु सिरिजमा W20 5G, W21 5G र Galaxy F62 जस्ता फोनहरुले पनि अपडेट पाइरहेका छन् ।
इन्टरप्राइज मोडलमा Galaxy A8 (2018) पनि यो सुरक्षा अपडेट पाइरहेको छ ।
यसबाहेक एम सिरिजमा Galaxy M10, Galaxy M20, Galaxy M30 तथा ट्याब सिरिजमा Galaxy Tab A (2017), Galaxy Tab A 10.5 (2018), Galaxy Tab S4, Galaxy Tab E 8 Refresh र Galaxy S8 Lite, Galaxy Note FE फोनमा पनि यो अपडेट दिइरहेको छ ।
तर नियमित सपोर्ट पिरियडको समय सकिएपछि मासिक सुरक्षा अपडेट पाइरहेका मोडलहरु परिवर्तन हुन सक्ने कम्पनीले बताएको छ । यसैगरी सेक्युरिटी अपडेट सूचीमा रहेका मोडलहरु परिवर्तन भएर पछि पेरियोडिक आधारमा रिभ्यू हुनसक्ने समेत कम्पनीले जानकारी दिएको छ ।