close

‘इन्टरनेट परियोजना सफल पार्न सेवाप्रदायकलाई सहुलियत आवश्यक’

टेकपाना टेकपाना

चैत ३०, २०७७ १७:५७

‘इन्टरनेट परियोजना सफल पार्न सेवाप्रदायकलाई सहुलियत आवश्यक’

काठमाडौं । नेपाल टेलिकमकी निर्देशक प्रतिभा वैद्यले डेटा कनेक्टिभिटीको आवश्यकतालाई कोभिडले आभाष गराएको बताएकी छन् ।

सोमबार टेकपानाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रंखलाअन्तर्गत पहिलो कार्यक्रममा बोल्दै निर्देशक वैद्यले नेपालकाे सन्दर्भमा अझै डेटा नै इन्टरनेटकाे पहिलाे विकल्प रहेकाे भनाइ राखिन् ।

‘दुर्गम क्षेत्रमा भिस्याटबाट सेवा दिइरहेका छाैं । लगानीको हिसाबले त्यहाँ करोडौंको लगानी हुन्छ । तर, आम्दानी हजारमा हुन्छ । सबैतिर एकनास सेवा पुर्‍याउन सरकारले नीतिमा सहजीकरण गर्न पर्यो,’ उनले भनिन् ।

सुगम र दुर्गम क्षेत्रमा जानेलाई फरक सुविधा र नीति बनाउन आवश्यक रहेकाले यसतर्फ सरकारकाे ध्यान जानुपर्ने भनाइ उनले राखिन् ।

‘खरिद प्रक्रियाका लागि पनि कानूनी अड्चन धेरै छ । भनेको समयमा सामाग्री किनेर दिनसक्ने अवस्था छैन,’ उनले भनिन् ।

त्यसैगरी उनले नेपालको ग्रामीण क्षेत्रमा सञ्चालित ब्रोडब्यान्ड इन्टरनेट परियोजनाका लागि सरकारले सेवाप्रदायकलाई सब्सिडी दिन आवश्यक रहेको पनि भनाइ राखिन् ।

‘आजको समयमा मोबाइल धेरै छ, फिक्स्ड कम छ । यो हिसाबले सरकारले हामीलाई फेसिलिटेड गरी सुविधा दिन पर्यो,’ उनले भनिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१