काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय “हाम्रो अनलाइन ज्योतिष” परामर्श सेवामा ३५ प्रतिशत छूट दिने भएको छ । हाम्रो पात्रोले आफ्ना सेवाग्राहीहरुलाई हाम्रो पात्रोको एप तथा वेबसाइट दुवै प्लेटफर्ममार्फत यस्तो छूट दिने भएको हो ।
हाम्रो पत्रोसँग आवद्ध ख्याती प्राप्त ज्योतिष गुरुहरुबाट अनलाइनमार्फत आफूले चाहे अनुसारको परामर्श सेवा लिन सकिन्छ । प्रयोगकर्ताले ज्योतिषहरुसँग भिडिओ कुराकानी गरी आउँदो वर्षका लागि आवश्यक पामर्श प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाम्रो पात्रोको यो सेवा निकै लोकप्रिय रहेको छ । सेवाग्राहीहरुले आफ्नो पढाई, व्यापार, जागिर, लगन लगायतका विषयमा ज्योतिषहरुसँग परामर्श लिँदै आएका छन् ।
यो छूट चैत्र ३० गते देखि २०७८ को वैशाख ५ सम्म लागु हुनेछ । हाम्रो पात्रोका अनुसार इच्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ बजेदेखि ९ बजेका बीचमा यो सेवा लिन सक्नेछन् ।
नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिन भरका लागि उपलब्ध हुनेछ । अन्तर्राष्ट्रिय कार्डका साथै ई सेवा, कनेक्ट आईपीएस र खल्तीबाट यसको भुक्तानी गर्न सकिन्छ । यो सेवा सन्सारका जुनसुकै देशबाट लिन सकिने हाम्रोपात्रोले जनाएको छ ।