close

ह्वाट्सएपमा भेटियो गम्भीर त्रुटि, ह्याकरले तपाईंलाई थाहै नदिई अकाउन्ट बन्द गर्न सक्ने

टेकपाना टेकपाना

चैत ३१, २०७७ १५:२७

ह्वाट्सएपमा भेटियो गम्भीर त्रुटि, ह्याकरले तपाईंलाई थाहै नदिई अकाउन्ट बन्द गर्न सक्ने

काठमाडौं । यदि तपाईं ह्वाट्सएपको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले ह्वाट्सएपमा देखिएको सुरक्षा कमजोरीहरुको बारेमा जानकारी राखी राख्नु उपयुक्त हुनेछ । हालैमात्र ह्वाट्सएपमा ठूलो कमजोरी देखिएको छ ।

यदि तपाईंको मोबाइल नम्बर ह्याकरसँग छ भने ह्याकरले तपाईंको थप जानकारीबिनै पनि तपाईंको ह्वाट्सएप पूर्णरुपमा बन्द (सस्पेण्ड) गर्न सक्ने छ ।

यो सुरक्षा कमजोरी एन्ड्रोइड भर्सनको ह्वाट्सएपमा देखिएको हो । यो समाचार तयार पार्दासम्म सुरक्षा कमजोरीको कुनै समाधान पत्ता लागिसकेको छैन ।

यसका लागि ह्याकरले नयाँ डिभाइसमा ह्वाट्सएप इन्स्टल गरी तपाईंको मोबाइल नम्बर हाली सोझै च्याट सर्भिस एक्टिभ गर्न सक्नेछन् । तर, सँगै टु फ्याक्टर अथेन्टीकेसनका कारण उनीहरुले भेरिफाई भने गर्न सक्दैनन् ।

त्यो हुँदा उनीरुहले धेरै पटक टु फ्याक्टर अथेन्टिकेशनका लागि प्रयास गर्छन् । त्यसो गर्दा तपाईंको ह्वाट्सएप अकाउण्ट १२ घण्टाको लागि लक हुन्छ ।

यसरी ह्वाट्सएप अकाउण्ट लक भएसँगै ह्याकरले ह्वाट्सएपलाई उसको ईमेलबाट यो ह्वाट्सएप आफ्नो भएको र मोबाइल हराएकाले उक्त अकाउण्ट बन्द गरिदन भन्दै ईमेल गर्छ ।

उक्त ईमेलको भेरिफिकेसनका लागि ह्वाट्सएपले ईमेल रिप्लाइ गर्नेछ । र तपाईंको कुनै एक्सेस बिना ह्वाट्सएपले तपाईंको अकाउण्ट बन्द गरिदिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१