close

आकर्षक फिचरसहित नोकियाका ६ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

चैत ३१, २०७७ १८:४४

आकर्षक फिचरसहित नोकियाका ६ स्मार्टफोन सार्वजनिक

काठमाडौं । नोकियाको मुख्य कम्पनी एचएमडी ग्लोबलले एकैपटक ६ वटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक्स, जी र सी सिरिजमा गरी ६ माेडलका फाेन बजारमा ल्याएकाे हाे ।

यसमा नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २० र नोकिया सी १० रहेका छन् ।

कम्पनीले प्रिमियम रेञ्जमा एक्स सिरिज, मिड रेञ्जमा जी सिरिज र इन्ट्री लेभलमा सी सिरिजका स्मार्टफोन सार्वजनिक गरेको हो ।

एक्स सिरिज

कम्पनीले एक्स सिरिजमा नोकिया एक्स २० र नोकिया एक्स १० गरी दुई स्मार्टफोन सार्वजनिक गरेको छ । क्वालकम स्न्यापड्रागन ४८० फाइभजी मोबाइल प्लेटफर्ममा आधारित दुवै फोन सिग्नेचर नोर्डिक डिजाइनमा उपलब्ध छ ।

कम्पनीका अनुसार यी फोनमा कम्पनीले तीन वर्षसम्म सुरक्षा र सफ्टवेयर अपडेट उपलब्ध गराउने छ । कम्पनीका अनुसार याे फोन एन्ड्रोइड ११ मा आधारित रहेको छ ।

जी सिरिज

जी सिरिज अन्तर्गत कम्पनीले नोकिया जी २० र नोकिया जी १० सार्वजनिक गरेको छ । मिड रेञ्जको स्मार्टफोको रुपमा विश्वबजारमा सार्वजनिक भएको फोनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री हो । कम्पनीका अनुसार फोनको ब्याट्री लाइफ ३ दिनको रहेको छ ।

यसको अर्थ एकपटक फुल चार्ज गर्दा फोन तीन दिनसम्म निरन्तर प्रयोग गर्न सकिने छ । जुन नोकिया स्मार्टफोनमध्ये अहिलेसम्मकै लामो हो । नोकिया जी २० एन्ड्रोइड प्रोमिसमा आधारित रहेको छ ।

जसले गर्दा यसले प्रयोगकर्ताको डेटालाई सुरक्षित राख्ने मद्दत गर्नेछ । साथै कम्पनीले सुरुक्षाको हकमा मासिक सुरक्षा अपडेटको तीन वर्ष र ओएस अपडेट दुई वर्षसम्म उपलब्ध गराउने छ ।फोनमा फेस र साइड फिङ्गरप्रिन्ट अनलक र ६.५ इन्चको टियरड्रप डिस्प्ले रहेको छ ।

सी सिरिज

सी सिरिज अन्तर्गत कम्पनीले नोकिया सी २० र नोकिया सी १० सार्वजनिक गरेको छ । इन्ट्री लेभलको फोनको रुपमा आएको सी सिरिजका फोनमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ ।

एन्ड्रोइड ११ (गो संस्करण) मा आधारित फोनमा २० प्रतिशत फास्ट र सुरक्षित रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा दुई वर्षको लागि त्रैमासिक सुरक्षा अपडेट उपलब्ध रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१