close

मिडरेन्जमा उत्कृष्ट फिचरसहित सामसङ एम६२ नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

चैत ३१, २०७७ २०:३५

मिडरेन्जमा उत्कृष्ट फिचरसहित सामसङ एम६२ नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी एम६२ फोन प्रस्तुत गरेको छ । यो मोन्स्टर फोनमा ७ एनएम एक्सिनस ९८२५ प्रोसेसर रहेको छ, जसले गर्दा आजको युवा तथा मिलेनियल ग्राहकहरुको आवश्यकतालाई यो फोनले सहजै पुरा गर्ने कम्पनीले जनाएको छ ।

यसको साथसाथै यो फोनमा बेस्ट ईन क्लास सुविधाहरु पनि विद्यमान रहेका छन् । यो फोनमा ७००० एमएएचको ब्याट्री तथा अभूतपूर्व ६४ एमपी क्वाड क्यामेरा रहेको छ ।

‘ग्राहक महानुभावलाई सुलभ मूल्यमा नवीनतम प्रविधिकासाथ उत्पादनको सेवा प्रदान गर्नुपर्छ भन्ने कुराप्रति हामी सदैव प्रतिबद्ध रहेका छौं ।

यसैको सिलसिलामा वेस्ट ईन सेग्मेन्टअन्तर्गत आफ्नो मिनेनियल्स तथा जेन्जी ग्राहकहरुको कन्टेन्ट कन्जप्सनप्रति बढ्दै गइरहेको आकर्षणलाई पुरा गर्न ग्यालेक्सी एम६२ प्रस्तुत गरिएको छ,’ सामसङ मोबाइल नेपालका विजिनेश हेड प्रणयरत्न स्थापितले भने ।

उनले अगाडि भने, ‘यो फोन वास्तवमै मोन्स्टर अफ फोन हो जुन उचित मूल्यमा नयाँ प्रविधिको प्रयोग गर्ने ग्राहकहरुको चाहनालाई यस फोनले वास्तमवै परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं,’ उनले भने ।

उत्कृष्ट एवं विशेष कार्यक्षमता
ग्यालेक्सी एम६२ ७एनएम एक्सिन ९८२५ प्रोसेसरका साथ उपलब्ध रहेको छ । जसले गर्दा शक्तिशाली मोबाइलको अनुभव प्रदान गर्दछ, किनकि यसमा प्रयोग भएको अक्टाकोर सीपीयूले सानो प्याकेजमा अधिकतम हर्सपावर प्याक गर्ने सामथ्र्य राख्दछ ।

यो चिपले उत्कृष्ट ग्राफिक्स तथा गेमिङ्गको अनुभव प्रदान गर्दछ । यसको साथै फोनमा बिल्ट ईा गेम बुस्टर पनि रहेको छ, जसले गेम खेल्दा अझै मोबाइल फोन स्मुथ हुनुको साथै उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

वृहत् क्वाड क्यामरा
फोनमा सोनी आईएमएस ६८२ सेन्सरका साथ ६४ मेगापिक्सल क्वाड क्यामरा सेटअपको साथ उपलब्ध रहेको छ, जसले गर्दा दिन तथा रात जहिले पनि अद्भूत फोटो खिच्न सकिन्छ ।

यसको साथै १२ मेगापिक्सलको क्यामेरामा १२३ डिग्रीको फिल्ड अफ भ्युको साथ अल्ट्रा वाइड लेन्स राखिएको छ, यसले गर्दा मानव आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने स्वतन्त्रता प्रदान गर्दछ ।

त्यस्तै ५ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोज अप फोटो पनि स्पष्ट खिच्न सक्दछ भने यसमा भएको ५ मेगा पिक्सेलको डेफ्थ क्यामेराले लाइफ फोकसको साथ आकर्षक पोट्रेइट सट लिन सकिन्छ । यसमा फोरके रेकडिङ्गको अद्भुत भिडियो क्षमता रहेको छ ।

७००० एमएएच ब्याट्री
यसमा सामसङको इन्डस्ट्री लिडिङ्ग ७००० एमएएच को ब्याट्री राखिएको छ, जुन आजका युवा तथा जेन जेडहरुको आवश्यकता अनुरुप डिजाइन गरिएको हो ।

युवा वर्गले धेरै समयम मोबाइलमा विताउने हुँदा अधिक टिकाउ हुने व्याट्रि यसमा राखिएको छ, साथै यस फोनसँगै टाइप सि, २५ वाटको चार्जर पनि उपलब्ध गराइएको छ, यसमा भएको चार्जरले ७ हजारको एमएएचको ब्याट्रिलाई केवल २ घण्टामा पूर्ण रुपमा चार्ज गर्न सक्छ ।

यो फोन लेज ग्रे, लेजर ब्ल्यु तथा लेजर ग्रीन गरी ३ कलरमा उपलब्ध रहेको छ ।

भेरियन्टमूल्य
६/१२८ जीबीरू. ३९,९९९
८/१२८ जीबीरू.४२,९९९

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१