close

नेपाली बजारमा ओप्पो ए५४ सार्वजनिक, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

बैशाख २, २०७८ १८:४९

नेपाली बजारमा ओप्पो ए५४ सार्वजनिक, यस्तो छ फिचर र मूल्य

काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५४ सार्वजनिक गरेको छ । किफायती मूल्यमा हाई इन्ड पर्फरमेन्स दिनुका साथै सुन्दर डिजाइनका साथ याे फाेन बजारमा भित्रिएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार ए५४ मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ भने यसमा रहेको ओक्टा-कोर प्रोसेसरले अझ धेरै कार्य सम्पादन तथा पर्याप्त मनोरञ्जन लिनसमेत सघाउँछ ।

६.५१ इञ्च पञ्च होल डिस्प्लेसहितको यो फोनमा १२८ जीबी रोमको ब्यवस्था गरिएको छ । यसमा रहेको ५००० एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

४ जीबी र्याम र १२८जीबी रोम सहितको ए५४ मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत स्टाेरेजलाई अतिरिक्त २५६ जीबीसम्म बढाउन सक्छन् ।

मिडियाटेक हेलियो पी३५ (एमटी६७६५) ओक्टाकोर प्रोशेसर जडित ए५४मा हाईपर बुस्ट, डुअल च्यानल एक्सिलिकेशन मोबाइल नेटवर्क वा वाईफाईबीच विना राेकावट स्विट्च गर्न सघाउने सपोर्टका साथै तुलनात्मकरुपमा ठूलो साउन्ड फाल्ने क्षमता सहितको स्पिकरको पनि ब्यवस्था गरिएको छ ।

फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग गरिएको छ ।

एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडी+ स्क्रिनले आँखालाई तनावरहित फ्लिकर फ्रि दृश्यानुभव न्यून ब्राइटनेसका साथ प्रदान गर्छ । यसमा ८९.२% स्क्रिन-टू-बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च होल डिस्प्लेको प्रयोग गरिएको छ ।

साथै यसको फ्रण्ट क्यामेराको वरपर रहेको रिंग, चहकिलो सेल्फीका लागि बल्ने पनि गर्छ । त्यसैगरी ए५४ मा हरेक अवस्थामा स्पष्ट हेर्न सकिने स्क्रिनका लागि सनलाइट स्क्रिन एण्ड मुनलाइट स्क्रिनको पनि ब्यवस्था गरिएको छ ।

समयसँगै प्रयोगकर्ताको ब्राइटनेस प्रिफरेन्स (प्राथमिकता) का बारेमा जानकारी राख्दै फोनले स्वचालितरुपमा स्क्रिनको ब्राइटनेस सेटिङ समायोजन गर्ने क्षमताका लागि यसमा एआई ब्याकलाइटिङ फिचरको पनि ब्यवस्था गरिएको छ ।

ए५४ को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोटका साथै हरेक पटकमा प्रेषित हुने उत्कृष्ट शट्सलाई पनि लिन सकिन्छ । फोनको रियर (पछिल्लो) कभरको थ्रीडी प्यानलका लागि मेटालिक धातुको प्रयोग गरिएको छ ।

यसले गर्दा फोन बलियो र सजिलै नबाङ्गिने हुनुका साथै बोक्दा आरामदायी अनुभवसमेत प्राप्त हुन्छ । ए५४ को वजन १९२ ग्राम र मोटाई जम्मा ८.४ एमएम छ ।

त्यसैगरी फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिङ्गरप्रिन्ट अनलक प्रविधि पनि उपलब्ध गरिएका छन् । ए५४ मा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेरा लेआउटमा तीन वटा क्यामेराको समायोजन गरिएको छ ।

यसमा रहेका रियर क्यामेराले १३ एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २ एमपी माक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २ एमपी बोके क्यामेराको प्रयोग गर्छ ।

त्यसैगरी हरेक अवस्थामा उत्कृष्ट तस्वीरका लागि फोनमा ब्याकलाइट एचडीआर, ड्याजल कलर, एआई सिन रिकग्निशन लगायत फिचरहरू पनि उपलब्ध छ ।

त्यसैगरी अल्ट्रानाइट मोड, फ्रण्ट तथा रियर क्यामेरा दुवैका लागि १५ वटा उत्कृष्ट फिल्टर र १८० डिग्री प्यानारोमा फिचरपनि फोनमा उपलब्ध छन् ।

ए५४मा एआई ब्यूटिफिकेशन सुविधा सहितको १६ एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । यसमा रहेको बोकेले, बोके इफेक्टका साथै तस्वीर मा ब्युटिफिकेशन र फिल्टरको सुविधा पनि प्रदान गर्छ ।

फोनको रियर क्यामेराले ९० एफपीएसमा ७२०पीको स्लो-मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै, अरिजिनल, जेन्टल, नून, सब्टल लगायत १० भिडियो फिल्टर पनि उपलब्ध छ ।

आजैका मितिबाट ओप्पो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दुई आकर्षक रंगमा उपलब्ध गरिएको छ । ४ जीबी र्याम र १२८ जीबी रोम सुुसज्जित ओप्पो ए५४ को मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१