काठमाडाैं । टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गरेर तपाईंले आफ्नो अकाउण्ट थप सुरक्षित बनाउन सक्नुहुन्छ । टु फ्याक्टर अथेन्टिकेसन भनेको तपाईंले फेसबुक लगईन गर्ने बेलामा पासवर्ड राखेपछि फेसबुकले तपाईंको फोनमा एउटा ओटीपी कोड (म्यासेज) पठाउँछ । र त्यो कोड राखेपछि मात्रै तपाईंले आफ्नो फेसबुक खोल्न पाउनुहुन्छ ।
यो फिचर प्रयोग गर्नको लागि सबैभन्दा पहिला तपाईं आफ्नो फेसबुकको सेटिङमा गएर सेक्युरिटी एण्ड लगईन भन्ने अप्सन छनौट गर्नुहोस् । यसमा टु फ्याक्टर अथेन्टिकेशन भन्ने अप्सन छ र त्यहाँ रहेको युज टु फ्याक्टर अथेन्टिकेसनमा जानुहोस् ।
अब त्यहाँ गूगल अथेन्टिकेटर प्रयोग गर्ने कि एसएमएस प्रयोग गर्ने भनेर दिइएको हुन्छ । त्यसमा हामी तपाईंलाई एसएमएसको विकल्प छनौट गर्न सुझाव दिन्छौं ।
किन कि यो अलि सहज र बढी सुरक्षित हुन्छ । अब त्यहाँ आफ्नो फोन नम्बर राख्नुहोस् । त्यस पछि तपाईंको फोनमा ओटीपी कोड आउँछ । र त्यही कोडलाई त्यहाँ रहेको बक्समा राख्नुहोस् । यति गरेपछि तपाईंको फेसबुकमा टु फ्याक्टर अथेन्टिकेशन एक्टिभ हुन्छ ।
यस बाट अब तपाईंले जुन कुनै नयाँ डिभाइसमा फेसबुक लगईन गर्दा ओटीपी कोड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कसैले तपाईंको पासवर्ड थाहा पाइहाले पनि ओटीपी कोड बिना फेसबुक खोल्न सक्नेछैन ।