close

पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धामा नेपाली टिम डीआरएस प्रथम

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १३:१८

पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धामा नेपाली टिम डीआरएस प्रथम

काठमाडौं । नेपाली पब्जी टिम द रियल सोल्जर्स (डीआरएस) दक्षिण एसियाबाट पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) को विजेता भएको छ । डीआरएसले दक्षिण एसियाली क्षेत्रको पीएमपीएल राउण्डको फाइनल खेलमा अग्रता हासिल गरेको हो । 

फाइनल चरणकाे खेलमा डीआरएस र आठ नेपाली टिमसहित कुल १६ टिमकाे सहभागिता थियो । उक्त फाइनल राउण्डमा शीर्षस्थ स्थान हासिल गरेको डीआरएस र दोस्रो भएको जेडथ्रीयुएसले पीसकिपर एलिट इन्भिटेसनल एसिया (पीइआई) २०२१ मा दक्षिण एसियाको प्रतिनिधित्व गर्नेछन् ।

यो प्रतियाेगिता पनि यसै महिना हुने डीआरएस टिमका अपरेसन हेड सङ्गिन भट्टराईले बताएका छन् । पीएमपीएल राउण्ड जितेसँगै डीआरएल टिमले १० हजार अमेरिकी डलरभन्दा धेरै पुरस्कार राशी प्राप्त गरेको छ । 

पीएमपीएल दक्षिण एसियाको फाइनल खेल गत अप्रिल १५ देखि १८ सम्म भएको थियो । डीआरएसबाट उक्त राउण्डमा पाँच खेलाडीले गेम खेलेका थिए ।

याे टिममा युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एआरबोरो) रहेका छन् ।

डीआरएस नेपालमा कानूनी रुपमा दर्ता भएको पहिलो पब्जी टिम हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१