close

मंगल ग्रहको सतहमा हेलिकप्टर उडान

टेकपाना टेकपाना

बैशाख ६, २०७८ १९:२५

मंगल ग्रहको सतहमा हेलिकप्टर उडान

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा इन्जेन्युटी नामक हेलिकप्टर उडान गर्न सफल भएको छ ।

यसरी कुनै अर्को ग्रहमा एयरक्राफ्टले उडान भरेको यो नै पहिलोपटक हो । इन्जेन्युटी नामक उक्त हेलिकप्टरलाई नासाले सोमबारमात्रै मंगल ग्रहको सतहमा उडाउन सफल भएको हो ।

यसरी मंगल ग्रहमा हेलिकप्टर उडान सफल भएसँगै यसलाई सन् १९०३ मा राइट दाजुभाइले उडाएको पहिलो हवाइजहाजसँग तुलना गरिएको छ । डिजिटल रुपमा नियन्त्रण गरी नासाले उक्त इन्जेन्युटी नामक हेलिकप्टर मंगल ग्रहमा उडाएको हो ।

उक्त हेलिकप्टर यसअघि नासाले पर्सिभेरेन्स रोभरमा राखेर पठाएको थियो । जसमार्फत नासाले पर्सिभेरेन्स रोभर पुग्न नसक्ने ठाउँबाट तथ्यहरु संकलन गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१