काठमाडौं । पछिल्लो केही वर्षयता साइबार हमलाका घटना निरन्तर भइरहेकाे छ । त्यसमा पनि विभिन्न चालबाजी प्रयोग गर्दै प्रयोगकर्तालाई झुक्याएर उनीहरुको डेटामाथि खेलिरहेका छन् । त्यस्तै नयाँ प्रकारको स्क्याम फेरि सुरु भएको छ ।
अहिले हामी धेरैको फेसबुक म्यासेन्जरमा गुलाबी (पिंक) रङको ह्वाट्सएप डाउनलोड गर्न भन्दै लिंक आएको हुनसक्छ । जसमा तपाईंले उक्त लिंकबाट ह्वाट्सएप डाउनलोड गरेको खण्डमा तपाईंको मोबाइलमा रहेको हरियो रङको ह्वाट्सएप गुलाबी रङमा परिवर्तन हुने उल्लेख छ ।
त्यसरी म्यासेज आएसँगै गुलाबी रङ मनपर्ने कतिपयले यसलाई डाउनलोड पनि गरिसकेका छन् । त्यसरी आएको लिंकमा क्लिक गर्दा उक्त लिंकले एउटा प्रयोगकर्तालाई असुरक्षित वेबसाइटमा पुर्याइरहेको छ ।
यसमा माल्वयेर रहेको भन्दै त्यस्ता लिंकबाट बच्न अनुसन्धानकर्ताले आग्रह गरेका छन् ।
यतिसम्म कि तपाईंले उक्त लिंक क्लिक गर्दा तपाईंको म्यासेन्जरमा रहेको कन्ट्याक्ट लिस्टमा रहेका अन्य साथीहरुलाई समेत साे लिंककाे म्यासेज जाने बताएको छ ।
Beware of @WhatsApp Pink!! A Virus is being spread in #WhatsApp groups with an APK download link. Don't click any link with the name of WhatsApp Pink. Complete access to your phone will be lost. Share with All..#InfoSec #Virus @IndianCERT @internetfreedom @jackerhack @sanjg2k1 pic.twitter.com/KbbtK536F2
— Rajshekhar Rajaharia (@rajaharia) April 17, 2021
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
