close

लिड एसिड ब्याट्री रिसाइक्लिङ विश्वमै सबैभन्दा प्रदुषणकारक प्रक्रिया, यस्तो छ डरलाग्दो तथ्य

टेकपाना टेकपाना

बैशाख ९, २०७८ ११:२७

लिड एसिड ब्याट्री रिसाइक्लिङ विश्वमै सबैभन्दा प्रदुषणकारक प्रक्रिया, यस्तो छ डरलाग्दो तथ्य

काठमाडौं । लिड एसिड ब्याट्री उद्योगले विश्वव्यापी रुपमा वर्षेनि ६५ अर्ब डलर अर्थात करिब ७७ खर्ब ३५ अर्ब रुपैयाँको कारोबार गर्छ । यद्यपि यसमा प्रयोग गरिएका ब्याट्रीको रिसाइकलसमेत जोडिएको छ । जुन विश्वकै सबैभन्दा धेरै प्रदुषण निम्त्याउने प्रक्रिया हो ।

उड म्याकेञ्जीका प्रमुख विश्लेषक फरिद अहमदका अनुसार प्रयोग गरिएका ब्याट्रीबाट मुख्य रुपमा लिड धातुदेखि रिसाइकल गरिने स्मेल्टरको मूल्य २०२१ मा १७.५ अर्ब डलर अर्थात २० खर्ब ८२ अर्ब रुपैयाँ हुने अनुमान छ । लिड एसिड ब्याट्रीमा प्रयोग हुने मुख्य तत्व लिड हो ।

लन्डन मेटल एक्सचेञ्जमा हाल मेटल दुई हजार डलर अर्थात २३ लाख ८० हजार रुपैयाँ प्रति टन नजिक छ । पर्यावरण एजेन्सी प्योर अर्ग एन्ड ग्रिन क्रस स्विट्जरल्याण्डका अनुसार लिड ब्याट्री रिसाइक्लिङ विश्वमा सबैभन्दा धेरै प्रदुषण फैलाउने उद्योग हो ।

युनाइटेड नेसन इन्टरनेसनल चिल्ड्रेन इमर्जेन्सी फण्ड प्योर अर्थ रिपोर्टअनुसार लिड एक प्रकारको शक्तिशाली न्युरोटक्सिन हो । विशेष प्रकारले बालबालिकामा यसको जोखिम उच्च छ । उनीहरुको आईक्यू स्कोरमा देखिने कमीसँग यो जोडिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र संयुक्त राज्य अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार ५ माइक्रोग्रामभन्दा अधिक लिड प्रति डेसिलिटर (यूजीडीआई) को रक्त लिड लेभल (बीएलएल) खतरनाक मानिन्छ ।

युनिसेफ र पोर अर्थको रिपोर्ट अनुसार विश्वभर करिब ८० करोड बालबालिकामा धातुको स्तर खतरनाक तहमा छ । युनिसेफ र प्योर अर्थको प्रतिवेदन अनुसार विश्वभर लिड एसिड ब्याट्री रिसाइक्लिङको आधा हिस्सा अनौपचारिक क्षेत्रमा समाप्त हुने गरेको छ ।

विश्व आर्थिक मञ्चको साझेदारीमा ग्लोबल ब्याट्री अलाइन्सले जारी गरेको एउटा श्वेतपत्रले विश्वस्तरमा अनौपचारिक ब्याट्री रिसाइक्लिङ साइटको संख्या १० हजारदेखि ३० हजारबीच रहेको छ । अन्तर्राष्ट्रिय लिड एसोसियसन रेगुलेटरी मामिलाका निर्देशक डा स्टिभ ब्रिंसले अफ्रिका, भारत, बंग्लादेश, इन्डोनेसिया अनौपचारिक रिसाइक्लिङबाट भयभित क्षेत्रमा रहेका छन् ।

यद्यपी सबै अपरेसन अनौपचारिक वा खराब मानक स्थितिमा भने छैनन् । उड म्याकेञ्जीको आँकडाअनुसार २०२० मा प्राथमिक वा खनन स्रोत तथा माध्यमिक स्रोतबाट करिब १२ करोड ४० लाख टन परिष्कृत सिसाको उत्पादन हुने गर्दछ ।

रिसाइक्लिङको माध्यमबाट करिब दुई तिहाई परिष्कृत उत्पादन हुने गर्दछ । आईएलजेएसजीको अनुमान अनुसार विश्वभरमा लिड एसिड ब्याट्रीको उत्पादनमा करिब ८६ प्रतिशत परिष्कृत लिडको उपयोग हुने गरेको छ । इन्टरनेशनल लिड एसोसियसनको अनुमानित आँकडाका अनुसार कारमा लगभग ६० प्रतिशत लिड एसिड ब्याट्रीको प्रयोग हुने गर्दछ ।

लिड एसिड ब्याट्रीको उपयोग औद्योगिक मसनरी जस्ता फोर्कलिफ्ट तथा क्रेनका साथै डेटा सेन्टर र ई बाईकमा समेत हुने गर्दछ । युरोप र संयुक्त राज्य अमेरिकापछि ब्याट्रीको खपतको मामिलामा चीन सबैभन्दा ठूलो खेलाडी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१