close

हुलदुङ्गा गरेका व्यक्ति फेसियल रिकग्निशनको प्रयोगले पक्राउ

टेकपाना टेकपाना

बैशाख ११, २०७८ १४:०

हुलदुङ्गा गरेका व्यक्ति फेसियल रिकग्निशनको प्रयोगले पक्राउ

काठमाडौं । गत वर्ष अमेरिकी क्यापिटाेल दंगामा सहभागी एकजना शंकास्पद व्यक्तिलाई संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले फेसियल रिकग्निसन प्रविधिको मद्दतबाट पक्राउ गरेको छ ।

एफबीआईले ट्रयाक गरी पक्राउ गरेको उक्त व्यक्तिको पहिचान स्टिफन चेस र्‍यानडल्फ भनेर खुलाइएको छ ।

एफबीआईले सिडिसन हन्टर्सन नामको समूहले ट्वीटरमा शेयर गरेको दंगाको क्राउडसोर्स तस्वीरलाई प्रयोग गरेको थियो ।

त्यसपछि प्रहरीले उक्त तस्वीरलाई ओपन सोर्स फेशियल रिकग्निसन टुल प्रयोग गरी वेबमा खोजी गरेको थियो ।

त्यसबाट प्रहरी एउटा इन्स्टाग्राम पेजमा पुगेको थियो । उक्त इन्स्टाग्राम पेज अकाउन्ट र्‍यानडल्फकी प्रेमिकाको थियो । जसमा र्‍यानडल्फका धेरैभन्दा धेरै तस्वीरहरु पोस्ट थिए ।

इन्स्टाग्रामका कतिपय तस्वीरमा र्‍यानडल्फले त्यही कपडा लगाएका थिए, जुन क्यापिटोल दंगामा लगाएको देखिन्थ्यो । जसमा खैरो रंगले बुनेको टोपी पनि देखिन्छ ।

दंगाभरीका धेरैवटा भिडियो तथा तस्वीरहरुमा र्‍याडल्फको गतिविधिलाई ट्रयाक गर्न मिल्ने त्यस टोपी नै महत्वपूर्ण वस्तु थियो । -एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१