close

डीम्याट खाता र मेरो शेयरको नविकरण शुल्क आईएमई पेबाट तिर्न सकिने

टेकपाना टेकपाना

बैशाख १४, २०७८ १८:५१

डीम्याट खाता र मेरो शेयरको नविकरण शुल्क आईएमई पेबाट तिर्न सकिने

काठमाडौ । एनआईसी एसिया क्यापिटल र आईएमई पेबीच डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई सर्वसाधारसम्म सहज पहुँच बनाउन सम्झौता भएको छ ।

सम्झौतासँगै अब डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आईएमई पे एप मार्फत भुक्तानी गर्न सकिने बताइएको छ ।

याे साझेदारले सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्ने विश्वास लिइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१