काठमाडौं । सन् २०२१ को पहिलो त्रैमासिकमा एप्पलकाे व्यापार उल्लेख्य वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४ प्रतिशतले व्यापारमा वृद्धि भएको जनाएको छ ।
सँगै कम्पनीको शेयर मूल्य पनि ४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीका अनुसार यो वर्ष सबै प्रडक्टमा दुई अंकको वुद्धि भएको छ ।
जसमा कम्पनीको सबैभन्दा महत्वपूर्ण प्रडक्टको रुपमा रहेको आईफोनको बजार गत वर्षको तुलनामा ६५.५ प्रतिशतले वृद्धि भएको छ । भने, म्याक र आईप्याडको बजारमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ ।
कम्पनीका अनुसार म्याक कम्प्युटर अघिल्लो वर्षको तुलनामा ७०.१ प्रतिशत र आईप्याडको बिक्री ७९ प्रतिशतले वृद्धि भएको छ । जसबाट कम्पनीको आम्दानी ८९.५८ बिलियन डलर (१०६ खर्ब रूपैयाँभन्दा बढी) भएको छ । जुन अघिल्लो वर्षको आम्दनीको तुलनामा ५३.७ प्रतिशतले वृद्धि हो ।