close

पृथ्वीको सतहमा झर्नसक्ने चीनको अनियन्त्रित रकेट पेन्टागनको निगरानीमा

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १८:५२

पृथ्वीको सतहमा झर्नसक्ने चीनको अनियन्त्रित रकेट पेन्टागनको निगरानीमा

काठमाडौं । अमेरिकास्थित रक्षा विभागले अन्तरिक्षमा अनियन्त्रित भई पृथ्वीको सतहमा प्रवशे गर्न लागेको एउटा ठूलो चिनियाँ रकेटलाई ट्रयाक गरिरहेको बताएको छ । उक्त रकेट यसै हप्ता पृथ्वीको सतहमा पुन: प्रवेश गर्नसक्ने पेन्टागनले चिन्ता जनाएको छ ।

अमेरिकी स्पेस कमाण्डले उक्त रकेटलाई ट्रयाक गरिरहेको रक्षा मन्त्रालयका प्रवक्ता माइक हवार्डले बताएका छन् । अमेरिकाले गत ८ मार्चिमा उक्त चाइनिज लङ मार्च फाइभ बी रकेटलाई डिटेक्ट गरेको थियो ।

पृथ्वीकाे माथिल्लाे सतहमा प्रवेश गरेको केही घण्टापछि मात्र रकेटको वास्तविक इन्ट्री प्वाइन्ट थाहा पाउन सकिने हवार्डले बताए । तर यसको लोकेसनको दैनिक अपडेट भने गरिरहेको छ ।

हाभर्ड विश्वविद्यालयको एस्ट्रोफिजिक्सका एस्ट्राेनाेमर जोनाथन म्याकडोवेलले यसले क्षति पुर्‍याउने जोखिम भने एकदमै न्यून हुने बताएका छन् ।

प्रशान्त महासागरले पृथ्वीकाे अधिकांश भाग समेट्ने हुँदा रकेटको बाँकी भाग प्रशान्त महासागरभित्रै झरेर डुब्ने उनकाे अनुमान छ ।

सन् २०१८ मा पनि यस्तै घटना घटेको थियो । त्यतिबेला चीनको अनियन्त्रित टियाङगोङ वान स्पेस स्टेसन पृथ्वीको सतहभित्र प्रवेश गरी ताहिटी नजिकको समुद्रमा पसेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१