close

भिडिओ स्वतः ट्रान्सलेट हुने फिचर ल्याउँदै युट्युव

टेकपाना टेकपाना

बैशाख २३, २०७८ २०:५२

भिडिओ स्वतः ट्रान्सलेट हुने फिचर ल्याउँदै युट्युव

काठमाडौं । युराेपका केही प्रयोगकर्ताहरुले युट्युवको मोबाइल र डेस्कटप दुवै भर्सनमा अटोमेटिक ट्रान्सलेसनको अप्सन पाएको बताएका छन् । भिडिओमा टाइटल, डिस्क्रिप्सन, क्लोज क्याप्सन सबै स्वत: अनुवाद भई डिस्प्ले भएको बताएका छन् ।

युट्युवले पनि हाल पाेर्चुगिज, स्पेनिस, टर्किस लगायतका भाषामा याे फिचर परीक्षण गरिरहेकाे पुष्टि गरेको छ । अनुवादित टाइटलसँगको भिडिओमा एउटा सानो ट्रान्सलेसन आइकन देखिएको थियो, जसले भिडिओका टाइटललाई अनुवाद गरिदिन्थ्यो ।

उक्त परिवर्तन सर्भरको एण्डमा गरिएको हुँदा एपलाई अपडेट गर्दैमा यो अटो ट्रान्सलेट फिचर इनेबल नहुने बताइएको छ । याे फिचरकाे सफल परीक्षण भए केही महिनामै सबैका लागि उपलब्ध गराउने तयारी युट्युवकाे छ ।

YouTube Videos translated into Portuguese and Turkish
YouTube Videos translated into Portuguese and Turkish

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१