close

एउटा यस्तो आईटी कम्पनी, जहाँ सहकर्मीबाटै तय हुन्छ तलब

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १४:०

एउटा यस्तो आईटी कम्पनी, जहाँ सहकर्मीबाटै तय हुन्छ तलब

काठमाडौं । गत डिसेम्बरमा एरियल उमान्स्कीले ७ प्रतिशत तलब वृद्धिको आफ्नाे प्रस्तावलाई फिर्ता लिने निर्णय गरे । किनकि आफ्ना सहकर्मीकाे तुलनामा तलब वृद्धिको प्रस्ताव त्यति ठीक नलागेपछि उनले त्यसलाई फिर्ता लिए ।

अर्जेन्टिना बेस्ड सफ्टवेयर कम्पनी टेन पाइन्समा तलब वृद्धिको प्रस्तावलाई उनले पछाडि सारेको पछिल्लो पाँच वर्षमा यो दोस्रो पटक हो ।

आफूभन्दा राम्रो काम गरिरहेका कर्मचारीहरुको अगाडि यसरी तलब वृद्धिको प्रस्ताव लैजान उनी आफैंलाई उचित लाग्दैन । यो आफैंलाई एउटा जालसाँझी जस्तो लाग्ने उनी बताउँछन् ।

टेन पाइन्समा वर्षको तीनपटक ‘रेट्स मिटिङमा’ तलब निर्धारण हुन्छ । त्यहाँ नयाँ कर्मचारीबाहेक सबैको तलब निर्धारण गरिन्छ ।

कर्मचारीहरुले आफ्नो तथा एकअर्काको तलब वृद्धिका लागि प्रस्ताव अगाडि लग्न सक्छन् । त्यसपश्चात उक्त प्रस्तावमाथि खुलारुपमा छलफल हुन्छ ।

सन् २०१० मा स्थापना भएको टेन पाइन्स कम्पनी ब्युनोस एयर्समा अवस्थित छ । ८५ जना कर्मचारीको यो कम्पनीले स्टारबक्स तथा बर्गर किङजस्ता ठूला कम्पनीको सफ्टवेयरको कोड लेख्छ ।

साथै यस कम्पनीले कस्टमर, एप तथा ईकमर्श प्लेटफर्महरुका लागि लोयल्टी कार्ड समेत लेख्दछ ।

प्रत्येक वर्ष कम्पनीको ५० प्रतिशत नाफा कर्मचारीहरुलाई बाँड्ने गरिन्छ । यस्तो खुल्ला तलब प्रणालीको मुख्य फाइदा भनेको कसले कति कमाउँछ भन्ने थाहा पाउनुभन्दा पनि कसले को भन्दा धेरै कमाउँछ भनेर थाहा पाउनु रहेको उमान्स्की बताउँछन् ।

कम्पनीमा तलब प्रणाली नै हाइरार्कीमा आधारित रहेको उनी सुनाउँछन् ।

तर टेन पाइन्स कम्पनीले सधैं यो हाइरार्कीलाई सकेसम्म घटाउन र कर्मचारीमाझ पारदर्शी बन्न चाहन्छ । नयाँ कर्मचारीहरु पनि तीन महिनाको परीक्षण काल समाप्त गरेपछि कम्पनीको उक्त खुला तलब छलफल बैठकहरुमा सहभागी हुन सक्छन् ।

टिमभित्र कुनै सीईओ वा म्यानेजर हुँदैनन् । तर कम्पनीमा साझेदार रहेका वरिष्ठ कर्मचारीहरुलाई ‘असोसिएट्स’ तथा ‘मास्टर्स’ को नामबाट सम्बोधन गर्ने गरिन्छ ।

यसैले कमर्चारीहरुले नै आपसी छलफल तथा सहमतिमा तलब बढाउनेदेखि शक्ति स्थानान्तरण गर्ने सम्मका काम आफैं गर्ने गर्दछन् ।

कम्पनीमा जोडिने नयाँ कर्मचारीले केही हदसम्म आफ्नो तलब प्रस्ताव राख्न सक्छन् । त्यस्तो किसिमकाे प्रस्तावित तलबलाई कम्पनीमा सोहीस्तरको अनुभव भएका कमर्चारीहरुसँग छलफल गरी उनीहरुको सहमति लिने गरिन्छ ।

टेन पाइन्सले आफ्नो यो नौलो एप्रोचलाई ‘सोस्योक्रेसी’ भन्दछ । यो ब्रजिलियन व्यवसायी रिकार्डो सेल्मेरबाट प्रेरित छ । जसले आफ्नो घरेलु निर्माण कम्पनी सेम्कोलाई एउटा गतिशिल र सहकार्यात्मक कम्पनीको रुपमा विस्तार गरेका थिएन ।

Meeting

जुनसुकै समस्या कर्मचारीले म्यानेजरको थाप्लोमा राखिदिने परम्परागत प्रचलनले कर्मचारीको टर्न ओभरलाई सधै न्यून राख्ने हुँदा कम्पनीलाई रिभाइटलाइज गर्न उनले त्यस्तो विधि सुरु गरेका थिए ।

अहिले विश्वभर यस्तो किसिमको प्रगतिशिल तथा पारदर्शी शैलीमा सञ्चालन हुने कम्पनीहरुको संख्या बढिरहेको ‘ह्युमन एक्सपिरियन्स एट वर्क’ का लेखक बेन विट्टर बताउँछन् ।

आज पनि अधिकांश कम्पनीमा केही सीमित व्यक्तिहरुले कर्मचारीको तलब निर्धारण गर्दछन् । जसमा ती कर्मचारीको पहुँच अनुसार तलब निर्धारण गरिन्छ । तर टेन पाइन्सको जस्तो एप्रोचले तलब प्रणालीलाई थप स्पष्ट र पारदर्शी बनाउन मद्दत गरेकाे छ । 

Employee

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१