close

साओमीको ‘रेड्मी नोट १० एस’ र ‘रेड्मी वाच’ सार्वजनिक, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

बैशाख ३१, २०७८ ८:४५

साओमीको ‘रेड्मी नोट १० एस’ र ‘रेड्मी वाच’ सार्वजनिक, यस्तो छ फिचर र मूल्य

काठमाडौं । साओमीले भारतीय बजारमा आफ्नो नयाँ स्मार्टफोन मोडल ‘रेड्मी नोट १० एस’ सार्वजनिक गरेको छ ।

६.४३ इन्चको फूल एचडी प्लस एमोलेड सक्रिन भएको यस फोनमा ८० हर्जको टच स्याम्पलिङ रेट छ । यस्तै पाँच हजार एमएएचको ब्याट्री र ३३ वाटको चार्जर पनि छ ।

यसको प्रोसेसरको कुरा गर्दा हेलियो जी९५ चिपसेट छ, जसमा एन्ड्रोइड ११ आधारित एमआईयूआई १२.५ प्रयोग भएको छ ।

क्यामेराको कुरा गर्दा यसमा १३ मेगापिक्सलको सेल्फी शुटर र क्वाड रियर क्यामेरा सेटअप छ । जसमा ६४ मेगापिक्सलको प्राइमेरी, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ को डेप्थ सेन्सर छ ।

नोट १० एसमा स्टेरियो स्पिकर र साइड माउन्टेड फिङ्गरप्रिन्ट अथेन्टिकेसन पनि छ । दुई स्टोरेज भेरियन्टमा उपलब्ध यी फोनको मूल्यको कुरा गर्दा ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १४ हजार ९९९ भारु रहेछ भने अर्को ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १५ हजार ९९९ भारतीय रुपैयाँ रहेको छ । 

यसबाहेक कम्पनीले भारतमा रेड्मी वाच पनि सार्वजनिक गरेको छ । कालो, निलो र आधभोरी रंगमा उपलब्ध यी फोनको मूल्य तीन हजार ९९९ रुपैयाँ रहेको छ । 

यसको फिचरको कुरा गर्दा यसमा १.४ इन्चको एलसीडी प्यानल छ । यसको रेजाेलुसन ३२० गुणा ३२० पिक्सेल रहेको छ । यसले दुई सयवटा वाच फेसलाई सपोर्ट गर्दछ भने ४८० निट्सको ब्राइटनेस पिक यसमा पाउन सकिन्छ । यसको स्क्रिन ब्राइटनेस पनि स्वत: एडजस्ट हुने गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४