काठमाण्डौं । मंगल ग्रहमा चीनले आफ्नो पहिलाे यान सफलतापूर्वक अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको ‘जुरोङ’ रोबट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएकाे हो ।
याे यानकाे अवतरणसँगै अमेरिकापछि मंगल ग्रहमा यान पठाउने चीन दाेस्राे देश बनेकाे छ । चीनले तिआन्वेन–वान मिसनअन्तर्गत फेब्रुअरीमा पठाएकाे साे यान रेड प्लानेटमा तीन महिनापछि मङ्गल ग्रहकाे सतहमा पुगेकाे थियाे ।
दुई सय ४० किलोग्राम ताैल रहेकाे याे राेबटले मंगल ग्रहकाे सतह र सतहमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।
रोबटमा जडान गरिएका क्यामराले तस्वीर खिच्ने र दिशा पत्ता लगाउन सहयोग गर्नेछन् भने अरू पाँच उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आँकलन गर्नेछन् ।
Succesful landing of #Tianwen1, on #Mars! Landing point: 109.7 E, 25.1 N, less than 40 km from target location in Utopia Planitia. More details expected later! pic.twitter.com/bMSvziscji
— Space Science Institute- SKLPlanets Macau (@sklplanets) May 15, 2021