काठमाडौं । पब्जी मोबाइल इण्डियाले हालै आफ्नो अवतारलाई ‘ब्याटग्राउड्स मोबाइल इण्डिया’ मा परिवर्तन गरेको छ । यसको डेभलपर क्राफ्टनका अनुसार मे १८ देखि भारतमा प्रि-रजिस्ट्रेसन सुरू हुनेछ ।
गुगल प्ले स्टोरमार्फत प्रि रजिस्ट्रेसन गर्न सकिन्छ र इच्छुक फ्यानले ‘प्रि-रजिष्टर’ बटनमा क्लिक गर्नुपर्नेछ । जुन पछि प्रयोगकर्ताहरूको इनाम खेल प्रक्षेपणको समयमा दावीको लागि स्वतस् उपलब्ध हुनेछ ।
यो नयाँ टाइटलमा भारतीय झण्डाको कलर स्किम प्रयोग गरिएको छ । साथै पब्जी मोबाइल ग्लोबलको तुलनामा भिन्न फिचर रहने भएको छ ।
यो गेमले ‘वर्ल्ड क्लास एएए मल्टीप्लेयर’ अफर गर्नेछ भने मोबाइल डिभाइसहरूमा फ्रि-टु-प्ले गेमिङ अनुभव प्रदान गर्दछ ।
गेम डेभलपरहरुका अनुसार ब्याटलग्राउण्स मोबाइल इण्डिया सार्वजनिक हुनुअघि प्रि-रेजिष्ट्रेसन खोलिने छ । तर यसको यकिन मिति भने सार्वजनिक भइसकेको छैन ।
विश्वको दोस्रो ठूलो इन्टरनेट बजारको रुपमा रहेको भारतमा नयाँ ब्राण्डमा पब्जीलाई सार्वजनिक गर्न लागेको क्राफ्टले बताएको छ । यो एप प्रतिबिन्धत हुनुअघि भारतमा ५ करोड सक्रिय मासिक प्रयोगकर्ता रहेका थिए ।
यो नयाँ गेममा डेटा र प्राइभेसीको विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।