close

एसुसकाे बहुप्रतिक्षित गेमिङ ल्यापटप ‘टीयूएफ ड्याश एफ १५’ नेपाली बजारमा, यस्ताे छ मूल्य र फिचर

टेकपाना टेकपाना

जेठ १, २०७८ १७:२५

एसुसकाे बहुप्रतिक्षित गेमिङ ल्यापटप ‘टीयूएफ ड्याश एफ १५’ नेपाली बजारमा, यस्ताे छ मूल्य र फिचर

काठमाडौं । एसुसले आफ्ना टीयूएफ ड्याश एफ १५ गेमिङ ल्यापटप नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टीयूएफ ड्याश एफ १५ एफएक्स ५१६ पीएम र टीयूएफ ड्याश एफ १५ एफएक्स ५१६ पीआर गरी दुई मोडल एकसाथ  नेपाल भित्र्याएको हो ।

१५ इन्च आकारको यी सुपर स्लिम ल्यापटप एकदमै हलुका र पोर्टेबल छन् । जसले गर्दा यसलाई जता जाँदा पनि सजिलै साथमा लिएर हिँड्न सकिन्छ । खासगरी यी ल्यापटपहरु गेमरहरुलाई जहाँसुकै जाँदा समेत गेम, काम र उत्पादनशीलतामा सशक्त बनाउने गरी डिजाइन गरिएका छन् ।

स्ट्याण्डर्ड टीयूएप गेमिङ ल्यापटपको तुलनामा नयाँ ड्याश एफ १५ ल्यापटपहरु एकदमै हलुका र पातला छन् । यी ल्यापटपको च्यासिसको मोटाई जम्मा १९.९ मिलिमिटर छ भने तौल केवल दुई किलोग्राम छ । टीयूएफमा कम्पनीले स्लिक र स्ट्रिमलाइन्ड लूक्स दिएको छ ।

किबोर्डमा निलो प्रकारको ब्याकलाइट छ । यी ल्यापटपहरु दुर्घटनाबस आइपर्ने झड्का समेत खप्न सक्ने किसिमका छन् । जसले गर्दा साथमा बोकेर यात्रामा निस्किँदा समेत धेरै चिन्ता लिनुपर्दैन ।

ल्यापटपमा पछिल्लो ११ औं पुस्तासम्मको प्रोसेसर इन्टेल टाइकर लेक कोर आई सेभेन ११३७० एच सीपीयू र जीफोर्स आरटीएक्स सिरिजको ग्राफिक्स छ ।

सामान्यतया यो रेञ्जका ल्यापटपहरुमा ‘२४० हर्ज रिफ्रेश रेटसम्मको टुर्नामेन्ट लेभल गेमिङ प्यानल’ जस्ता हाई इण्ड फिचर सहितको शक्तिशाली अनुभव गर्न पाइँदैन । चार वटा थण्डरबोल्ट पोर्ट, दोहोरो एआई न्वाइज क्यान्सलेसन प्रविधि जस्ता बहुआयामिक फिचर समेत यसमा पाउन सकिन्छ ।

ल्यापटपमा दिइएको टाइपसी पोर्टले थण्डरबोल्ट ४ र यूएसबी ४ को साथमा काम गर्दछ । यसको अर्थ पछिल्ला पुस्ताका प्रमियम डिभाइसलाई सहजै कनेक्ट गराउन सकिन्छ । ल्यापटपमा तीन वटा यूएसबी ३.२ टाइप ए पोर्ट दिइएका छन् ।

जसले गेमप्याड, माउस र एक्स्टर्नल स्टोरेजका लागि ठाउँ दिन्छ । त्यस्तै एचडीएमआई २.० बीले फोरकेसम्मको रेजोलुसन डिस्प्ले कनेक्ट गराउने विकल्प प्रदान गर्दछ भने टाइप सी पोर्टले सेकेन्डरी डिस्प्लेका लागि १.४ आउटपुट दिन्छ ।

त्यस्तै कनेक्टिभिटीका लागि अल्ट्राफास्ट इन्टेल वाईफाई ६ गिग प्लस (८०२.११ एएक्स) का साथै यी ल्यापटपमा गिगबिट इथरनेटको सपोर्ट समेत रहेको छ ।

ल्यापटपमा दिइको टाइप सी चार्जिङको सपोर्टले गर्दा विभिन्न किसिमका एडेप्टर तथा पावरप्याकबाट ल्यापटप सहजै चार्ज गर्ने अनुकूलता प्रदान गर्दछ ।  गेमिङ बाहेक यी ल्यापटप अन्य धेरै कामका लागि उत्कृष्ट छन् । हाई रेजोलुसन भिडिओ स्ट्रिमिङदेखि कोड कम्पाइलेसनको गहन कामहरु समेत यी ल्यापटपमा सहजै सम्पन्न गर्न सकिन्छ ।

ल्यापटपमा डीडीआर फोर-३२०० मेमोरीका लागि ३२ जीबीको पर्याप्त स्पेस छ । यसको अर्थ यी ल्यापटपमा कल्टिटास्किङ र कन्टेन्ट क्रियसनका लागि पर्याप्त र्‍याम छ । तीव्र स्पिडका लागि अधिकतम रेस्पोन्सिभ महसुस गराउनका लागि पीसीआई एक्सप्रेस एसएसडी राखिएको छ ।

पर्याप्त गेम कलेक्सनका लागि ल्यापटपमा एक टीबीसम्मको स्पेस दिइएको छ भने थुप्रै टेराबाइट अतिरीक्त रुपमा थप गर्न सकिने भएकाले मल्टिमिडिया फाइल लगायतका सामग्री स्टोर गर्न सकिन्छ ।

यी ल्यापटपमा रहेको शक्तिशाली ब्याट्रीले यसको पोर्टेबल फिचरलाई धेरै साथ दिएको छ । एकपटक फूल चार्ज गरेपछि ल्यापटपमा १६.६ घण्टासम्म निरन्तर भिडिओ स्ट्रिमिङ गर्दा समेत ब्याट्री टिकिरहन्छ ।

त्यसैले कुनै ठाउँमा यसलाई बोकेर जाँदा तपाईंले चार्ज सकिने तनाव लिइराख्नु पर्दैन । जब तपाईंलाई फूल चार्ज आवश्यकता पर्दछ, तब नयाँ फास्ट चार्जिङ प्रविधिले केवल ३० मिनेटमै शून्य अवस्थाबाट ५० प्रतिशत चार्ज गरिदिन्छ । जसका लागि १०० वाटसम्म सपोर्ट गर्ने एडप्टर दिइएको छ ।

ल्यापटपमा उल्लेखनीय किसिमको कुलिङ सिस्टम र प्रिमियम साउण्डको समेत सुविधा छ । यी ल्यापटपहरु मे १२ देखि नेपाली बजारमा उपलब्ध भएका छन् । जसमा टीयूएफ ड्याश एफ १५ एफएक्स ५१६ पीएमका दुई वटा भेरियन्ट रहेका छन् ।

त्यसमध्ये आई ५ प्रोसेसर भएको ल्यापटपको मूल्य एक लाख ८३ हजार ३३३ रुपैयाँ रहेको छ भने आई सेभेन भेरियन्टको मूल्य दुई लाख १५ हजार ५५५ रुपैयाँ छ ।

त्यस्तै अर्को मोडल टीयूएफ ड्याश एफ १५ एफएक्स ५१६ पीआरको आई सेभेन प्रोसेसरयुक्त ल्यापटपको मूल्य दुई लाख ७८ हजार ८८८ रुपैयाँ रहेको छ । मूनलाइट ह्वाइट र एक्लिप्स ग्रे कलर अप्सनमा उपलब्ध यी ल्यापटपहरु देशभरका प्रमुख कम्प्युटर स्टोर तथा नागमणी डट कम डट एनपीबाट खरिद गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४