close

निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण ईमेलबाटै, सकेसम्म नगद कारोबार नगर्न आग्रह

टेकपाना टेकपाना

जेठ २, २०७८ १७:२२

निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण ईमेलबाटै, सकेसम्म नगद कारोबार नगर्न आग्रह

काठमाडौं । कोभिडको दोस्रो लहर बढेसँगै ग्राहकलाई घरबाटै बैंकिङ कारोबार गर्न नेपाल बैंकर्स संघले आग्रह गरेको छ । संघले आइतबार विज्ञप्ती जारी गर्दै माेबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, क्यूआर कोडबाट भुक्तानी काराेबार गरी सकेसम्म नगद कारोबार कम गर्न आग्रह गरेको हो ।

मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् एक खाताबाट अर्कोमा रकम ट्रान्सफर, खाताको ब्यालेन्स हेर्ने, बिल भुक्तानीलगायतका कार्यहरु विद्युतीय माध्यमबाट गर्न संघले आग्रह गरेको छ । साथै सामान खरिद गर्दा उपलब्ध भएसम्म एटीएम कार्डको प्रयोग वा क्यूआर कोडबाट भुक्तानी गर्दै नगद कारोबार कम गर्न उसले अनुरोध गरेको छ ।

संघका अनुसार ग्राहकहरुको निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरणसमेत सम्बन्धित बैंकलाई ईमेल गरेर नवीकरण गराउन सकिने छ ।

कुनै परिस्थितिवस ईमेल गर्न नसकेमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरी नवीकरण गर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४